भर्खरै

मोलुङ हाइड्रोको ३५ लाख ३१ हजार कित्ता आइपिओ खुलाउँदै

  • प्रकाशित मिति : Thu-04-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, फागुन । मोलुङ हाइड्रो पावर कम्पनीले प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
ओखलढुंगामा ७ मेगावाट क्षमताको जलविद्यु्त् आयोजना सञ्चालन गरिरहेको उक्त कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । 
आयोजनाको शेयर निष्कासन तथा बाँडफाँड बिक्री प्रबन्धकको जिम्मा सनराइज क्यापिटल लिमिटेडलाई दिइएको छ ।
कम्पनीले निष्काशन गर्ने कुल शेयर ३५ लाख ३१ हजार कित्ताको प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । निष्काशन हुने शेयरमध्ये स्थानीय प्रभावित बासिन्दालाई ८ लाख २ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने भएको कम्पनीले जनाएको छ ।
 
शेयर नियकाशनका लागि कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सनराइज क्यापिटलका प्रमुख कार्यकारी विजयलाल श्रेष्ठले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै अब सनराइज क्यापिटलले सेयर निष्कासनको प्रक्रियाका लागि काम सुरु गर्दैछ । नेपाल धितोपत्र बोर्डमा शेयर निष्कासनको अनुमतिका आवेदन दिने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
 
२०७४ को चैतबाट सञ्चालनमा आएको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी मोलुङले अधिकृत जारी पूँजी ८० करोड रुपैयाँको ४४ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया