भर्खरै

विद्युत व्यवसायी संघ चितवनको अध्यक्षमा न्यौपाने निर्वाचित

  • प्रकाशित मिति : Tue-09-Mar-2021
  • - भीमलाल श्रेष्ठ
title
चितवन, फागुन । विद्युत व्यवसायी संघ चितवनको अध्यक्षमा डोलराम न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । 
 
 सोमबार भरतपुर महानगरपालिका–४ चितवनमा रहेको बि.के पार्टी प्यालेसमा सम्पन्न संघको दशौं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै अध्यक्ष पदमा न्यौपाने सर्वसम्मत निर्वाचित भएको हो । 
 
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले चितवन संघले गरेका उत्कृष्ट कार्यहरु खुलेर सपोट गर्दै अन्य जिल्ला संघहरुले पनि यस्ता कार्यहरु गर्नुपर्ने बताए । 
उनले भने संघ महासंघले गुणस्तरहिन सामग्रीको बजार विस्थापन गराउनको निम्ति ठूलो भुमिका खेल्दै आइरहेको बताउँदै गुणस्तरहिन सामग्रीको प्रयोगमा न्युनिकरण गर्न नसके विद्युतीय दुर्घटना बढ्दै जाने र ठूलो धनजनको क्षति समेत व्यहोर्न बाध्य हुन्छ । यसैले सबै व्यवसायीले गुणस्तरीय सामग्री प्रति बेलैमा सचेत र जानकार भई व्यवसायी–व्यवसायी बीच आफै भित्रको द्धन्द्ध र प्रतिस्पर्धाको पनि अन्त्य गर्नुपर्नेउनको भनाई छ । अहिलेको संघीय सरकारले विद्युतीय व्यवसायीहरुको हकहितका लागि घोषणा गरेको छुट लगायतका अन्य कर प्रणाली घोषणामा नै सीमित भएकोमा खेद प्रकट समेत गरेका छन् ।
 
 
 
 
संघको दशौं वार्षिक साधारण सभा एवं छैठौं अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा प्रथम उपाध्यक्ष पदमा नवराज सुवेदी, द्धितिय.उपाध्यक्ष विष्णु प्रसाद चालिसे, तृतिय उपाध्यक्षमा कृष्ण सुवेदी, सचिव पदमा गोर्खप्रसाद सापकोटा, कोषाध्यक्षमा राजेश गौतम, सह–कोषाध्यक्ष सुरज राना, सहसचिवमा खगराज अधिकारी रहेका छन् भने सदस्यहरुमा काशिनाथ सापकोटा, प्रमानन्द सापकोटा, नारायण वंसी, जयस चौधरी, सन्तोष अधिकारी र प्रमेश्वर भटट्राई निर्वाचित भएका छन् । त्यस्तै मनोनित सदस्यहरुमा केशव न्यौपाने र रविन्द्र कुमार श्रेष्ठ मनोनित गरेका छन् । 
 
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तेज नारायण खरेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, विद्युत व्यावसायी संघ वाग्मती प्रदेश संयोजक लेखनाथ सापकोटा, संघका सल्लाहकार ऋषि प्रसाद लामिछाने, प्रजापति सापकोटा, अशोक प्रसाद लामिछाने, महासंघका प्रथम उपाध्यक्ष रेशम प्रसाद देबकोटा, लक्ष्मी प्रसाद धिताल, प्रकाश पान्डे, कोमल पोख्रेल, शसिधर शर्मा लामिछाने लगायत विभिन्न जिल्लाबाट आएका जिल्ला संघका अध्यक्षहरु मुक्तिनाथ आचार्य, हरिहर ज्ञवाली, सरोज कुमार रेग्मी, सन्तमान श्रेष्ठ, पुरुषोत्तम भुसाल, सन्जय कुमार श्रेष्ठ, हरि पौडेल, गोपाल अग्रवाल र खगराज अधिकारीको उपस्थिती रहेको थियो । 
 
२०६६ सालमा स्थापना भएको यस संघमा हालसम्म ३ सय जना भन्दा बढी विद्युतीय व्यवसायीहरु आवद्ध रहेका छन् । संघले विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग ,व्यवसायीहरुलाई आवश्यक पर्ने लेखा तालिम तथा उद्घोषण तालिम लगायतका विषयमा संघले काम गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago