भर्खरै

होङ्सी सिमेन्टमा जेठभित्र बिजुली पुर्याउने प्राधिकरणको प्रतिबद्धता

  • प्रकाशित मिति : Tue-09-Mar-2021
  • - Admin
title
काठमाडौं, फागुन । नवलपरासी सुस्ता पश्चिममा करिब दुई वर्षदेखि सिमेन्ट उत्पादन गरिरहेको होङ्सी सिमेन्ट कारखानामा आगामी जेठभित्र विद्युत् पु¥याइने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म त्यहाँ ग्रिड पु¥याउन सकेको छैन । कामलाई तीव्रता दिएकोकोले लक्षित समयभित्र बिजुली पु¥याउन सकिने प्राधिकरणले आश्वस्त पारेको छ ।
 
चिनियाँ र केही हिस्सा नेपाली लगानीमा स्थापना भएको उद्योगले २०७५ असारदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । यस उद्योगका लागि करिब ५० मेगावाट विद्युत् आवश्यक पर्ने कम्पनीको दाबी छ । यसमध्ये उद्योग आफैंले उत्पादन गरी करिब १२ मेगावाटमात्र उपयोग हुन सकेको जनाइएको छ । 
 
बर्दघाट सबस्टेसनबाट होङ्सी सिमेन्टसम्म करिब २० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेमा बीच बीचमा स्थानीयको अवरोध हुँदा समयमा काम हुन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘अझै दुई वटा टावरको जग खन्न स्थानीयले दिएका छैनन्, हामीले वार्ता तथा छलफल गरिरहेका छौं,’ उनले भने, ‘बैशाखको अन्त्यसम्म पूरा गर्ने गरी हामीले कामलाई तीव्रता दिइएका छौं ।’
 
उद्योगमा विद्युत् पु¥याउन २०७३ बैशाखदेखि नर्मिाण सुरु गरिएको १३२ केभी बर्दघाट–सर्दी डबल सर्किट प्रसारण लाइनको निर्माण अहिले अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ । २० किलोमिटर क्षेत्रमा ६७ वटा टावर निर्माण गरिनेछ । निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा अधिग्रहण लगायतका समस्याले समयमै काम पूरा गर्न नसकिएको प्राधिकरणको भनाइ छ ।
 
कम्पनीले अहिले सिमेन्ट उत्पादनको क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोग गरी १२ मेगावाट विद्युत् उत्पादन गरी उपयोग गरिरहेको छ । दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने कम्पनीमा बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको जमानतमा नेपालका ७ बैंकले ७ वर्षका लागि १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ऋण लगानीको अगुवाई भने एनएमबी बैंकले गरेको छ । कम्पनीमा ६० प्रतिशत चिनियाँ, ३० प्रतिशत नेपाल र १० प्रतिशत सर्वसाधारणको लगानी छ ।
 
प्रसारण लाइन र सबस्टेसनसमेत गरी ५० करोड रुपैयाँमा निर्माण पूरा गर्ने गरी जोशी एन्ड मुडभरीलाई ठेक्का दिइएको छ । ठेकेदारको लापर्बाहीले पनि काम पूरा गर्न समय लागेको प्राधिकरणको तर्क छ । यो डबल सर्किट लाइनको एउटाबाट होङ्सी र अर्कोबाट स्थानीयलाई विद्युत् उपलब्ध गराउने योजना छ ।
 
कम्पनीमा एनएमबी सहित नेपाल इन्भेष्टमेन्ट, प्रभू, एभरेष्ट र नेपाल एसबिआई बैंकले क्रमशः ६ अर्ब ७५ करोड, ४ अर्ब, ३ अर्ब, १ अर्ब २५ करोड र १ अर्ब रुपैयाँ लगानी भएको छ । लगानी बोर्डले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न सहजीकरण गरेको हो ।
 
लगानी बोर्ड र चिनियाँ कम्पनीबीच २०७४ भदौ १८ गते परियोजना लगानी सम्झौता (पिआइए) भएको थियो । ३६ करोड ९१ लाख अमेरिकी डलर लागतमा निर्माण भएको यो देशकै ठूलो सिमेन्ट उद्योग हो ।
 ऊर्जा खबर
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago