भर्खरै

कर्णाली एउटा सभ्यताको केन्द्र हो

  • प्रकाशित मिति : Wed-10-Mar-2021
  • - हरिहर न्यौपाने, कर्णाली प्रदेश विज्ञ (सामाजिक अभियान्ता)
title
कर्णाली प्रदेश विज्ञ (सामाजिक अभियान्ता) हरिहर न्यौपाने सँग विद्युत संसार साप्ताहिकका  रामप्रसाद पौडेलले गरेका कुराकानीका सम्पादित अंशः
 
 
कर्णाली प्रदेशको अहिलेको गतिविधि कस्तो छ ? यस प्रदेशलाई आम नागरिकले हेर्ने दृष्टिकोण कस्तो रहेको पाइन्छ ? 
देश अहिले जस्तो गतिमा अघि बढिरहेको छ त्यसैगरी कर्णाली प्रदेश पनि चलिरहेको अवस्था छ । हरेक नागरिकले यस प्रदेशलाई बुझ्ने तरिका फरक–फरक रहेको पाइन्छ । कसैले सकारात्मक हिसाबले हेरिएको छ भने कतिपयले नकारात्मक हिसाबले हेरिएको पाइन्छ । यो प्रदेश एउटा फरक पहिचान भएको प्रदेश हो । यहाँका नागरिकले आफ्नो सुन्दर भुमिको रुपमा पुजी रहेका छन् भने कर्णाली बाहिरका नागरिकहरुले भने यस प्रदेशलाई अविकसित, शिक्षाको पहुँच नपुगेको, भौगोलिक हिसाब दुर्गम, राजनैतिक पहँुच कम भएको प्रदेशको रुपमा हेर्ने गरेको पाइन्छ । तर खासमा यस्तो होइन । यो प्रदेशको एउटा छुटै किसिमको इतिहास बोकेको, प्राकृतिक सुन्दताले भरिपूर्ण प्रदेश हो । त्यसैले यस विषयलाई हामीले प्रष्ट्याउनु पर्ने छ । 
 
प्राविधिक शिक्षामा कर्णाली प्रदेशका नागरिकहरु धेरै लाभान्वित भएका छन् भन्ने सुनिन्छ, के यो सत्य हो ?
यस विषयलाई दुई तरिका बाट हेरौं । एउटा कर्णाली प्रदेशमा रहेको मौलिक रुपमा भईरहेको सीपहरु जसले अहिले पनि राज्यलाई समेत टेवा पुगिरहेको छ । यस्ता सीपहरुको सन्दर्भमा कर्णाली प्रदेश अहिले पनि धनी छ । त्यस्तै दोस्रो हिसाबले देशमा जब सिटिईभिटीको स्थापना भयो त्यसपछि सिटिईभिटी अन्तर्गत नै  कर्णालीमा पनि भेरी प्राविधिक शिक्षालय र कर्णाली प्राविधिक शिक्षालयको स्थापना भयो । सिटिईभिटीले सञ्चालन गरेका प्राविधिक शिक्षाका धारहरु कर्णालीमा बलियो रुपमा प्रस्तुत भयो । ती शिक्षाकै माध्यमबाट सीपहरु आर्जन गरेर तुरुन्तै कर्णालीकै जनताका लागि काम गरेकोले कर्णालीको जीवनस्तर अलि माथि उठ्न सकेको हो । सानो जनसंख्यामा सीपमुलक जनशक्ति आएपछि तुरुन्तै लाभ दिएको म्यासेज राष्ट्रिय स्तरमा नै दिएको छ । 
 
यस प्रदेशलाई जल, जंगल र जडिबुटीले धनी मानिन्छ, यसको उपयोगिताले त्यहाँका जनताको जीवनस्तर उठाउन  भुमिका खेलेको छ कि छैन ?
यहाँका जति पनि प्राकृतिक स्रोतहरु छन् अहिले सम्म सुरक्षित छन् । किनकी भौतिक पूर्वाधारको विकासमा क्षयीकरण हुनबाट बचेको र मानवीय गतिविधि कम भएकोले प्राकृतिक स्रोतहरु अहिले सम्म सुरक्षित नै रहेको छ । अहिले टेक्निकल प्रविधिको युग रहेकोले यहाँका जनताहरु पनि प्रविधिसँगै चलिरहेको छ । यस्ता प्राकृतिक स्रोतहरुलाई सन्तुलित तबरबाट दिगो विकासको आँखाले कसरी प्रयोग गर्ने र भावी पुस्ता सम्मले यसको फाइदा कसरी लिने भन्ने हिसाबले यसको सुरक्षित तरिकाले उपयोग भईरहेको छ । यसबाट अहिले नै व्यापक फाइदा लिइसकेको छैन र आगामी दिनमा लिनुपर्छ भन्ने हाम्रो मान्यता हो । नेपालको सबैभन्दा धनी र उत्कृष्ट प्रदेश कर्णाली हो । किनकी सबैभन्दा धेरै भुभाग भएको, जंगल तथा जडिबुटी पाइने र जलविद्युत उत्पादन हुने नदीनाला यस क्षेत्रमा नै पर्दछ । नेपालको ८३ हजार जलविद्युत उत्पादन क्षमता मध्ये २१ हजार भन्दा बढी विद्युत यो क्षेत्रमा उत्पादन गर्न सकिने भएकोले जलविद्युतको पनि प्राइम लोकेसनको रुपमा यस प्रदेशलाई लिन सकिन्छ । त्यस्तै कर्णाली कला, संस्कृति र सभ्यताले पनि भरिपूर्ण भएको प्रदेश हो । 
 
जनताको चाहना विकास थियो तर नेताहरुको मात्र विकास भयो भनिन्छ नि ?
जनताको नजरमा त्यस्तो देखिएपनि यो विषय यर्थाथ भने होइन । किनकी माथिल्लो तहमा राजनैतिक सम्बन्ध बनाउन सुदुरपश्चिमका मानिसहरु राजधानी नै धाउनैपर्ने, गाडी चढेजस्तो गरी देखाउनैपर्ने भएकोले जनताको नजरमा यो भ्रम पर्न गएको हो कि भन्ने मलाई लाग्छ । नेता नबनि कर्णालीका मान्छेले टिकटै नपाउने, नेतासँग आई सम्पर्क स्थापित गर्नैपर्ने भएकोले नेता जस्तो देखिएको हो । त्यस्तै देशमा संघीय संरचना अनुसार प्रदेश सरकार गठन भयो । गठन भएपछि अहिले सम्म डेढ खर्ब जति बजेट गयो । तर यो बजेट विकास संरचनाको लागि निकै नै कमजोर बजेट हो यहाँको मात्र नभई देशको ७ वटै प्रदेशको खर्च संरचना निकै नै कमजोर छ । जुन स्तरमा विकासमा खर्च हुनुपर्ने हो त्यो भएको छैन । देशमा राजनैतिक परिवर्तन गरेपनि कर्मचारीलाई कसरी परिचालन गर्ने, कसरी उत्प्रेरित गर्ने जस्ता कार्यक्रम नल्याउनु र खरिद ऐन बाधक हुनु ले पनि विकासमा पछि परेको हो । कर्णालीमा जति पनि सरकारी जनशक्ति जान्छन् ती सबै आफ्नो खुसीले नभई काठमाडौंबाट पेलिएर गएका छन् त्यसैले पनि विकासमा बाधा पुगिरहेको छ । यो राजनितिक स्पीड जनताको भावना अनुसार हुनुपर्छ । त्यसैले खरिद ऐनलाई संशोधन गरी फास्ट ट्रयाकमा ल्याउनुपर्ने र निजामति कर्मचारीलाई पनि कामप्रति उत्प्रेरित गर्न सकिने खालका कार्यक्रम सरकारले ल्याउनु पर्दछ । यसो नभएसम्म विकासले गति लिन सकिदैन ।  
कर्णालीको विकास निर्माणमा विधि र पद्धतिलाई लागु गर्न नसकेको र स्थायी सरकारले पनि त्यसलाई सहयोग गर्न नसकेकोले विकासमा पछाडि परेको छ । राजनीतिक गतिसँगै कर्मचारीको काम गर्ने गति पनि त्यही अनुसार हुनुपर्छ तब मात्र जनताले विकास पाउँछ । 
 
बर्तमानमा राज्यले विकास निर्माणमा ध्यान नदिएको हो ?
नेपालका काम गर्ने हरेक सिस्टमहरु लामो अवधिको छ । प्रक्रियाको अवधि लामो भएसँगै विकासका कार्यहरु पनि ढिला नै सञ्चालन भई ढिलै समापन हुने गर्दछ । त्यसैले सर्वप्रथम नेपालको यो सिस्टममा परिवर्तन ल्याउनु जरुरी छ । सिस्टममा परिवर्तन ल्यायौं भने देशको विकाससँगै एउटा सम्भावनै सम्भावना भएको कर्णाली प्रदेशले पनि विकासमा गति लिन्छ । 
 
कर्णाली प्रदेशको विकासका लागि अब के–के गर्नुपर्ला त ?
कर्णालीको विकासका लागि पहिले कर्णालीमा भएको १७ लाख जनसंख्या मध्ये काम गर्न सक्ने सक्रिय जनसंख्या (१५–५९ वर्षका)लाई सुचीबद्ध गर्नुपर्छ ।  सुचीबद्ध गरेपश्चात् ती व्यक्तिहरुलाई आफ्नो रुचि अनुसारको प्राविधिक सीप तथा तालिम दिएर स्किल फुल म्यानपावरको रुपमा ती व्यक्तिहरुको विकास गरी कर्णालीमा रहेको जल, जंगल र जडिबुटीमा ती सीप भएका व्यक्तिहरुको सहभागीता गराउनुपर्छ । १७ लाख मध्ये सक्रिया जनसंख्या करिब ४ लाख छन् तिनीहरुलाई यी क्षेत्रमा सहभागी गराउनु पर्दछ । त्यसपश्चात ती जनशक्तिले उत्पादन गर्न शुरु गरेसँगै प्राकृतिक स्रोतहरुको अधिकतम प्रयोग गर्न सकिन्छ । त्यस्तै संघीय सरकारले बनाइरहेको निजामति कर्मचारी ऐनको आधारमा प्रदेश लोकसेवा आयोग र निजामति कर्मचारी ऐन तयार पारेर करारमा पनि जनशक्ति राख्ने व्यवस्था ल्याउनुपर्छ । किनकी जसले कर्णालीलाई माया गरेर न्यायिक ढंगले खटिएर काम गर्छ त्यस्ता व्यक्तिहरुलाई व्यापक परिचालन गरी काम गर्नुपर्छ जसले गर्दा प्रशासनिक संयन्त्र छिटो र द्रुत गतिमा अघि बढ्छ । 
यस्तै कर्णालीको दु्रत विकास गर्ने क्षेत्र टुरिजम पनि हो । यस क्षेत्रबाट कम लागतमा कम रिसोर्सहरुको प्रयोग गरी बढी फाइदा लिन सकिन्छ । त्यसैले पनि टुरिजम सम्भावनाको हिसाबमा प्रचुर रहेकोले यसको प्रयोगबाट कर्णालीको दु्रत विकासका कार्य गर्न सकिन्छ । पर्यटकीय क्षेत्रको रुपमा परिचालन सँगसँगै कर्णालीलाई शिक्षाको हबको रुपमा पनि विकास ग¥यो भने तब मात्र कर्णालीले विकासमा गति लिनेछ ।  
 
अन्त्यमा केही भन्नुहुन्छ कि ?
म अन्त्यमा सबै देशवासीलाई कर्णालीलाई सकारात्मक हिसाबले बुझिदिन अनुरोध गर्दछु । हरेक हिसाबले प्रचुर सम्भावना बोकेको सम्भावनाको खानी भएको ठाउँ कर्णाली हो त्यसैले कर्णालीले एकता र विकास चाहन्छ । राष्ट्रिय एकतामा बल पु¥याउन कर्णाली प्रदेश सबैसँग सहकार्य गरेर अघि बढ्न चाहन्छ । कर्णाली एउटा सभ्यताको केन्द्र हो, जतिपनि देशवासीले तथ्यांकगत रुपमा कर्णालीलाई नकारात्मक दृष्टिले बाहिर प्रस्तुत गरिन्छ त्यसलाई परिवर्तन गरेर सकारात्मक रुपमा लिन अनुरोध गर्दछु र अब छिटै कर्णालीको मुहार फेरिदंैछ भन्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago