भर्खरै

‘व्यवसायी एकतामा प्रतिस्पर्धी हौं, दुश्मनी होइन’

  • प्रकाशित मिति : Wed-10-Mar-2021
  • - सुर्दशन प्रसाद पौड्याल/अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ
title

काठमाडौं २६ फागुन । व्यवसायीहरुको लागि संघ/महासंघ भनेको कुनै निर्देशन र दण्ड दिने प्रशासनिक निकाय होईन यो समन्वय र पुरस्कृत गर्ने आम व्यवसायीको साझा संगठन महासंघ हो । संघ/महासंघले केही गर्न सकेन भन्ने नसोचौ खुद्रा बिक्रेता, होलसेलर तथा आयातकर्ताहरुका समस्यालाई सम्बोधन तथा समन्वय भुमिका निर्वाह गर्न महासंघ सदैव तत्पर रहेको छ । जिल्लाका व्यवसायी साथीहरुले आफुले गर्न सक्ने काम र कर्तव्यलाई जिल्लाकै संघ मार्फत समाधान गर्दा उत्तम हुन्छ तर केन्द्रीय स्तरमा केही पहल गर्नुपर्ने छ अथवा महासंको आवश्यकता कहिकतै खड्किन्छ भने आवश्यक प्रक्रिया पुरा गर्नुस् महासंघ तपाई व्यवसायीको साथमा छ । महासंघको उपस्थिति खोज्न व्यवसायी काठमाडौं जानुपर्दैन तपाईहरु कै जिल्ला संघ भित्र महासंघ पनि छ भनेर बुझ्नु पर्दछ । 
 
जिल्ला संघहरुले एकसंघले गरेका राम्रा काम अर्को जिल्ला संघले र संघका राम्रा काम महासंघले सिक्नु र ज्ञान बढाउनु पर्दछ । तसर्थ संघ/महासंघले व्यवसायी बीच कस्ता कार्यक्रम ल्याउँदा उचित हुन्छ व्यवसायीले आफ्नो जिल्ला संघमा आग्रह गर्नुपर्दछ । त्यसपछि संघका पदाधिकारीहरुले महासंघमा व्यवसायीको विषय उठान गर्नेछन् जसले गर्दा हामी व्यवसायी बीच एउटा पारिवारिक वातावरण साथ निश्चित कार्यक्रमहरुको समाधान गर्न सहज हुनेछ । 
 
महासंघको स्थिरता र अग्रगामी विकासका लागि महासंघले छिटै भवन निमार्णको लक्ष्य लिएको छ । यस योग्य काममा सबै व्यवसायीले सहयोग गर्न आवश्यक छ । व्यवसायीले महासंघको संवाद सुन्नको लागि होईन बुझ्नको लागि प्रयोग गरौ ।
विद्युतीय व्यवसायी भनेका अवसरका खोजी हौं जस्तोसुकै चुनौतीमा पनि हामीले अवसर खोज्न पछिपर्नु हुदैन । जसले हाम्रो व्यवसायीमा दीर्घकालिन रुपमा सहयोग र योग्दान मिलोस् । 
 
— व्यवसायमा प्रविधिको प्रयोग
विद्युतीय व्यवसायलाई अझ गुणात्मक बनाउन प्रविधिमा आएका परिवर्तन सँगै अगाडि बढ्न आवश्यक छ जुन कोभिड पछाडि बढेको अनलाइन व्यवसायले पनि उकृष्ट उदाहरण दिएको छ यसकारण कोभिडले पनि हामीलाई प्रविधिको विषयमा अझ ज्ञान थपिदिएको अवस्था छ । अबका दिनमा उपाभोक्ता र बिक्रेतालाई फरक–फरक दररेटका साथ प्रविधि मार्फत नै विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दा प्रविधिको सही सदुपयोगमा योग्दान थपिने थियो जसकारण व्यवसायीहरुले एक जिल्लामा एक समुह मार्फत प्रभावकारी रुपमा कार्यान्वयन गर्ने हो भने बाहिरी जिल्लाको सामग्री समेत सहज रुपमा बिक्रि वितरण हुने थियो र विद्युतीय व्यवसाय अझ विस्तारित हुन पुग्दथ्यो । यो भन्नुको तात्पर्य हामीले चलाउँदै आएको सामाजिक सञ्जालको सहि सदुपयोग गर्नुपनि हो । 
 
— गुणस्तरीय सामग्रीमा जोड
व्यवसायीले गुणस्तरीय सामग्री उत्पादन र आयातमा विशेष ध्यान दिनु आजको प्रमुख आवश्यकता हो । गुणस्तरीय सामग्री उत्पादन र आयात गर्नु उद्योग, आयातकर्ता, थोक बिक्रेता देखि उपभोक्ताको हित हुने कुरामा हामी आजदेखि नै लाग्नुपर्दछ । संघ/महासंघले गुणस्तरहिन सामग्री बजार विस्थापन गराउनको निम्ति ठूलो भुमिका खेल्दै आएको छ तर विडम्बना भन्नुपर्दछ व्यवसायी–व्यवसायी बीच आफै भित्रको द्धन्द्ध र प्रतिस्पर्धाले यस्ता कार्यक्रमहरु पूर्णरुपमा सफल हुन सकेको छैन् । 
 
गुणस्तरहिन सामग्रीको प्रयोग बढ्दै जादाँ विद्युतीय दुर्घटना पनि बढ्दै गएका छन् जसकारण उपभोक्ता मात्रको नभई छिमेकीले समेत ठूलो धनजनको क्षति व्यहोर्न बाध्य भइरहेका हुन्छन् । यसैले व्यवसायीले गुणस्तरीय सामग्री प्रति बेलैमा सचेत र जानकार हुन आवश्यक छ । जसकारण उपभोक्ताहरुले पनि गुणस्तरीय सामग्री त पाउनु नै थिए बजारमा भएको मुल्यको अस्वभाविक प्रतिस्प्रर्धाको पनि अन्त्य हुने थियो । 
 
— आर्थिक अनुसाशन
व्यवसायीमा सदैव सकारात्मक सोचले अगाडि बढ्न मद्दत गर्दछ । यसमा आर्थिक अनुशासनले महत्वपूर्ण भुमिका खेल्दछ । व्यवसाय गर्ने व्यक्तिले आफ्नो व्यवसायमा मात्र नभई आफ्नो घरमा समेत आर्थिक अनुशासन राख्न आवश्यक छ । चाहे लिनहोस् या दिनहोस् त्यहाँ आर्थिक अनुशासनको जरुरत पर्दछ । 
 
व्यवसायमा प्रतिस्प्रर्धा बढ्दै जादाँ व्यवसायी बीच नै आरोप प्रत्यारोपमा नलागौ । व्यवसायी एकता प्रतिस्पर्धी हौं दुश्मनी होईन भन्ने विषयलाई सबै व्यवसायीहरुले मनन् गर्नुपर्ने दिन आएको छ । व्यवसायी भए मात्र संघ/ महासंघ रहन्छ यसैले व्यवसायीले सर्वप्रथम आफ्नो व्यवसायीमा ध्यान दिनुहोस् त्यसपछि मात्र आम संघ महासंघ र सामाजिक काममा लाग्नुहोस् । आफु भन्दा अग्रणी व्यक्तिव्यहरुको विचार र धारण लिने र सिक्ने गर्दा व्यवसायीको सोच सकारात्मक हुने र व्यावसायिक अनुशासनमा योग्दान पुग्ने थियो । 
आफ्नो व्यवसाय पश्चात् संघले ल्याउने कार्यक्रमलाई सहयोग गर्न हामी आनाकानी नगरौं । संघ÷महासंघ हाम्रो भविष्य निर्माण गर्ने संस्था हो जसले हामी व्यवसायीको व्यावसायिक आत्मबल बढाउने अभिभावक संस्था हो ।
 
— प्रेरणादायी संघ चितवन
चितवन संघले गरेका उत्कृष्ट कार्यहरु अन्य सबै संघहरुले पनि सिक्न आवश्यक  छ । किनकी जिल्लासंघहरु मध्ये पहिलो यस संघले विद्युतीय व्यवसायीहरुकै निम्ति कानुनीरुपमा नै एउटा सहकारी स्थापना गरेको छ । यो व्यवसायीहरु र संघ÷महासंघको प्रेरणादायी कार्य हो । यस्ता कार्य महासंघले केन्द्रीय स्तरमा गर्नुपर्ने माग उठेका छन् केन्द्रीय स्तरमा गर्न राष्ट्रिय बैंक देखि दर्ता प्रक्रियामा विभिन्न निकायहरुमा समन्वय गर्नुपर्ने भएकाले यस्ता कार्यलाई महासंघले छलफल अगाडि बढाउने कुरामा विस्वस्त छ । कुनै समय विद्युतीय तारको विषयमा यो संघले केही विषय उठाएको थियो जुन महासंघले नै महत्वपूर्ण विषयको रुपमा लिएको थियो । चितवन संघको महासंघमा सदैव सहयोग रहेको छ चितवन संघ र महासंघ नंङ र मासुको सम्बन्ध कायम भएको छ । यस संघले महासंघको समेत नेतृत्व गरेको थियो जुन कार्यकाल नेतृत्वदायी भुमिकामा ऐतिहासिक मुल्याङ्कन हुनेछ ।
 
जिल्ला संघ महासंघको लागि सियोको भुमिका निर्वाह गर्न आग्रह गर्दै आएको छु र सम्पूर्ण जिल्ला संघहरुले आफ्नो तर्फबाट पनि उपयुक्त र अनुकरणीय भुमिका खेल्दै आउनुभएको छ ।
जिल्ला संघ मार्फत नगरसंघ रहने गरी समन्वय गरिदिनका निम्ति एउटा पत्र महासंघमा प्राप्तभएको छ यो विषय महासंघको छलफलमा पक्कैपनि समाविष्ट हुनेछ । अन्तमा चितवन संघका कार्यसमितिले गरेका राम्रा कामको खुलेर सपोट गर्दै अब आउने नयाँ कार्यसमिति सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छु ।
 
   नेपाल विद्युतीय व्यवसायी महासंघका कार्यकारी अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले सोमबार विद्युत व्यवसायी संघ चितवनको छैठौं अधिवेशनमा राखेका मन्तव्यको सम्पादित अंश:

प्रतिक्रिया