भर्खरै

७५३ वटै स्थानीय तह कालेपत्रे हुने, प्रधानमन्त्री ओलीद्वारा उद्घाटनको तयारी गरिँदै

  • प्रकाशित मिति : Sun-14-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौंं,  चैत । नेपाल ७५३ वटै स्थानीय तहका सडक कालोपत्रे हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पु¥याउने उद्देश्यसाथ छिटोभन्दा छिटो कालोपत्रे सडक सञ्जाल विस्तारको उद्घाटन गर्ने भएका हुन् ।
 
 आइतबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले कालोपत्रे सडक सञ्जाल विस्तार कार्यक्रम उद्घाटन गर्ने स्रोतले जनाएको छ ।
बालुवाटारबाट प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट आइतबार ७५३ वटै स्थानीय तहका सडकहरूको निर्माणकार्य एकैचोटी उद्घाटन गर्न लागेको छ । 
 
प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर गरिने बताइएको छ । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने जनाइएको छ ।

प्रतिक्रिया