भर्खरै

इलेक्ट्रिसियन एशोसियसन बाँकेको चौथो साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : Mon-15-Mar-2021
  • - भीमलाल श्रेष्ठ
title
बाँके २ चैत । इलेक्ट्रिसियन एशोसियसन बाँकेको चौथो साधारण सभा सम्पन्न भएको छ । ६५० जना सदस्य रहेको पेशागत इलेक्ट्रिसियनहरुको हक हितमा आवाज उठाउँदै आइरहेको इलेक्ट्रिसियन एशोसियसनले एक कार्यक्रम गर्दै आफ्नो चौथो साधारण सभा गत २९ गते शनिबार नेपालगञ्जनमा सम्पन्न गरेको हो । 
 
कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवन शम्शेर राणाले विद्युतीय जस्तो जोखिमयुक्त पेशामा आवद्ध भएका इलेक्ट्रिसियनहरुको सामुहिक बिमा गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले उपमहानगरपालिका व्यवसायीकर्मी र श्रमजिवी प्रति अत्यन्तै सम्वेदनशील रहेको बताउदैँ भने “नेपालगञ्ज उपमहानगर पालिकामा संस्थागत रुपले आउनुस् हामी जस्तो सुकै योजना वा कार्यक्रममा सहयोग गर्न तयार छौ ।”
 
भेरी प्राविधिक शिक्षालय नेपालगञ्जका ट्रेड प्रमुख घनश्याम पौडेलले विद्युतीय क्षेत्रमा काम गर्दै आएका हरेक इलेक्ट्रिसियनहरुले आवश्यक तालिम लिनुपर्ने बताए । भेरी प्राविधिक शिक्षालयले इलेक्ट्रिसियनहरुलाई नै लक्षित गरी विभिन्न प्राविधिक तालिम ल्याएकोले यस एशोसियसनमा आवद्ध भएकालाई अझ प्रथामिकता दिने उनले जिकिर थियो । उनले इलेक्ट्रिसियनहरुलाई काम गर्दा सेफ्टी र गुणस्तरीय सामग्रीमा ध्यान दिन आग्रह समेत गरे ।
 
त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै इन्स्योर परियोजना सिटिईभीटीका प्रदेश प्रमुख डिल्लीराज भट्टले सबै इलेक्ट्रिसियनहरुले आफ्नो कामलाई मर्यादिन बनाउन आफ्नो सिप परिक्षण गर्न आवश्यक रहेको बताए । उनले इन्स्योर परियोजनाले ९६ घण्टाको तालिम ल्याएको यसले छिटै निरन्तरता पाउने जानकारी समेत गराए ।
 
विद्युतीय प्राविधिक महासंघ तदर्थ समितिका महासचिव, गोरखा इलेक्ट्रिसियन संघका अध्यक्ष राजकुमार श्रेष्ठले इलेक्ट्रिसियन पेशालाई मर्यादित र सम्मानजनक पेशा बनाउन हामी इलेक्ट्रिसियनहरु कै भुमिका उच्च हुनुपर्ने बताए । उनले इलेक्ट्रिसियनले पाउनुपर्ने श्रमको मूल्य नपाएकाले सम्बन्धित निकायले इलेक्ट्रिसियन दररेटको अधारणा ल्याउनुपर्नेमा जोड दिनुका साथै इलेक्ट्रिसियनको क्षमता र नेतृत्व विकासको निम्ति संगठनको महत्व रहेको बताए । श्रेष्ठले सम्पूर्ण इलेक्ट्रिसियनहरुलाई काम गर्दा सेफ्टी फस्टको अवधारणा अपनाउन आग्रह समेत गरे ।
 
त्यस्तै अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रतिनिधि, नेपाल उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामी, विद्युतीय प्राविधिक महासंघ तदर्थ समितिका केन्द्रीय अध्यक्ष भीमलाल श्रेष्ठको सहभागिता रहेका थियो । 
कार्यक्रमको मुख्य प्रायोजक मेघा केबुल एण्ड इन्डष्ट्रिज प्रा.लि.ले गरेको थियो भने प्रायोजक शिखर केबुल एण्ड वायर इन्डष्ट्रिज प्रा.लि ले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago