भर्खरै

‘इइए’ नेपालको दोस्रो साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : बुध, चैत ४, २०७७
  • - विद्युत संसार संवाददाता
title

पोखरा चैत । इलेक्ट्रिकल इन्जिनियर्स वेलफेर एसोसिएसन (इइए) नेपालको दोस्रो साधारण सभा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सभामा विधुत नियमन आयोग र त्यसका गतिविधि सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सहित २८ गते शुक्रबार माउन्ट कैलाश होटल लेकसाइड पोखरामा सम्पन्न भएको छ । 
कार्यक्रममा विद्युत नियमन आयोगका सदस्य÷प्रवत्ता डा.राम प्रसाद धितालको प्रमुख आतिथी रहेका थिए । सभामा डा.धितालले सम्बन्धित बिषयमा आफ्नो प्रस्तुति राखि, प्रस्तुतिमाथि उठेका प्रश्नहरुको जवाफ दिदैं कार्यक्रमलाई सफल बनाएका थिए ।  
 
विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा इइएका सल्लाहकार इ. रामजी भण्डारीले कार्यक्रममा बोल्दै नेपालमा अबको विद्युतीय अवस्थाबारे जानकारी गराए  । 
कार्यक्रमका अर्का विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका गण्डकी प्रदेशका प्रमुख इ. श्रीराम पोखरेलले पनि विद्युतीय सुरक्षाको बारेमा जानकारी गराउँदै सम्पुर्ण नेपालीहरुलाइ विद्युत खपत बढाउन अनुरोध गरे । 
 
कार्यक्रममा इइएका अध्यक्ष इ.राजेन्द्र ढकालले इइए गैर राजनितिक, गैर नाफामुलक इलेक्ट्रिकल इन्जिनियरहरुको संस्था भएको बताए । उनले विद्युत प्रयोग, यसका चुनौती तथा सुरक्षाका विषयमा जानकारी गराएका थिए ।
त्यस्तै कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशका सभापति बाबुराम भण्डारी, पोखरा औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापक लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago