भर्खरै

ग्राहकले बिजुलीको महसुल तिर्दा अतिरिक्त सेवा शुल्क लाग्ने

  • प्रकाशित मिति : शुक्र, चैत ६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ६ चैत । नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट ५०१ रुपैयाँभन्दा माथि महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ ।
प्राधिकरणले ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५०१ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो । सेवा प्रदायकले ग्राहकबाट अधिकतम ५ रुपैयाँसम्म सेवा शुल्क लिन पाउने प्राधिकरणको प्रस्ताव छ ।
त्यस्तै, अबदेखि एउटा ग्राहकले महिनामा अधिकतम पाँच लाख रुपैयाँसम्म महसुल भुक्तानी गर्न सक्ने छन् । पाँच लाख रुपैयाँ भन्दा बढी महसुल तिर्नुपर्ने भएमा भने ग्राहकले विद्युत प्राधिकरणका काउन्टरमै सम्पर्क गर्नुपर्ने छ ।
एउटा उपभोक्ताले एकै महिनामा दुई वा दुई पटक भन्दा बढी महशुल भुक्तानी गरेमा पनि एक पटक भन्दा बढी सेवा शुल्क लिन नपाइने प्राधिकरणको भनाई छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो सेवा शुल्कको शर्त पालना गर्ने गरी बिजुलीको बिल भुक्तानी गर्ने सेवा प्रदायकका रुपमा छनोट हुन प्रस्ताव आह्वान गरेको छ ।  प्राधिकरणले प्रतिकारोबार ५ रूपैयाँ प्रस्ताव गरेपनि कम्पनीले सो भन्दा कम सेवा शुल्क प्रस्ताव गर्न सक्नेछन् ।
यसअघि प्राधिकरणले अनलाईन भुक्तानीमा कुनै पनि शुल्क लिन सेवा प्रदायकलाई अनुमति दिएको थिएन । तर, सेवा प्रदायकले यस्तो शुल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए । 
यसरी अनलाईन भुक्तानी बापत शुल्क उठाउन अनुमति दिनेसँगै उपभोक्तालाई अनलाईन भुक्तानी गर्न निरुत्साहित गर्ने जोखिम हुने प्राधिकरणका अधिकारीहरु नै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago