भर्खरै

कमलपोखरीमा साढे २ करोड लिटर पानी हाल्दै

  • प्रकाशित मिति : शुक्र, चैत ६, २०७७
  • - रासस
title
काठमाडौं, चैत । कमलपोखरीको पहिलो चरणको पुनःनिर्माण चैत मसान्तसम्ममा सम्पन्न हुने गरी काम भइरहेको काठमाडौं महानगरपालिकाको प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन्। पोखरीमा केही दिनमै लबालब (टनाटन) पानी भर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
 
‘पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। केही दिनमै हामी कमलपोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारीमा छौँ,’ शुक्रबार महानगरको कार्यलयमा प्रमुख शाक्यले सञ्चारकर्मीहरुसँगको संवादमा भने, ‘हामीले पुनर्निर्माणको क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ। अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौ।’
 
शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै उनीहरुलाई डिजाइनबारे सामान्य जानकारीसमेत नलिई हचुवाका भरमा विरोध र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गरे ।
 
पोखरीको बिचमा पनि हल्ला गरे जस्तो कंक्रिटको कमलको फूल नरहेको उनको दाबी छ। पोखरीमा सतप्रतिशत वास्तुशास्त्रमा आधारित भएर निर्माण गरिएको उनले बताए । केही व्यक्तिले भ्रम छर्न खोजेको शाक्यले आरोप लगाए। कमलपोखरीको चार वटै कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुल ढोकासँगै एउटा गरी पाँच वटा मण्डप राखिने प्रस्ट पारे । पोखरी पुनःनिर्माण गर्दा पोखरीको आकार एक इन्च नमिचिने गरी डिजाइन तयार पारिएको उनको भनाइ छ। पोखरीमा बेवारिसे र जमेको फोहोर पानीलाई हटाइसकेको उनले सुनाए। परम्परागत, सांस्कृतिक र पर्यटकीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको छ ।
 
महानगरले डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएर बनाएका छ। संघीय र प्रदेश सांसद तथा स्थानीयको सल्लाहअनुसार नै कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना भत्काएको हो । पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्र भएको उनको जिकिर छ ।’ शाक्यले काठमाडौंमा मानवनिर्मित सम्पदा रहेको भन्दै ती सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्दै आएको पनि स्मरण गराए। महानगर क्षेत्रभित्र रहेका सबै पोखरीहरूको प्रवर्द्धन र संरक्षण गर्ने महानगरको अभिभारा रहेको उनले सुनाए ।
 
वडा नम्बर–१ मा पुनःनिर्माण भइरहेको कमलपोखरी करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको इञ्जिनियर प्रेम श्रेष्ठले उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने काम अघि बढेको जानकारी दिए ।
 
करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरीको स्वरुप अब फेरिने महानगरपालिकाको दाबी छ। कमलपोखरीमा नौ वटा चैत्य रहने छन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिने छ। पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छाना रहनेछन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago