भर्खरै

उत्पादित बिजुली स्वदेशमा नै खपत हुने निष्कर्ष , यसरी गरिदै छ बिजुली खपत

  • प्रकाशित मिति : शनि, चैत ७, २०७७
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं, चैत । नेपालमा उत्पादन भएको बिजुली स्वदेशमा नै खपत हुने भएको छ । शुक्रबार सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर नेपाल (सिन) ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उत्पादित बिजुली स्वदेशमा नै खपत हुने निष्र्कष निकालेको हो ।   
 
सिनले उत्पादित ऊर्जालाई कसरी खपत गर्ने भन्ने विषयमा काठमाडौंमा एक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमलाई दुई भागमा विभाजन गरी पहिलो चरणमा संस्थाको वार्षिक कार्यक्रम गरिएको थियो भने दोस्रो चरणमा प्राविधिक प्रस्तुतिकरणको कार्यक्रम राखिएको थियो । 
 
 
कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले विगतका दिनहरुमा विद्युत आपूर्तिको समस्या थियो भने अहिले विद्युत खपतको समस्या रहेको बताएका छन् ।  कार्यक्रमको सम्बोधन गर्दै मन्त्री रायमाझीले भने पहिले हामीले कसरी उत्पादन बढाउने भन्ने बारेमा सोच्यौ अब त्यसको विद्युत खपत र निर्यातको बारेमा सोच्नु पर्ने समय आएको छ । अहिले देशको राजनीतिक अवस्थालाई हेर्दा काम गर्ने सहज वातावरण त छैन तरपनि छोटो समयमा ऊर्जा क्षेत्रमा धेरै कामहरु भईसकेको र रोकिएर बसेका आयोजनाहरुको काम सुचारु हुन थालेको ऊर्जामन्त्रीको भनाई छ । विद्युत खपत बढाउनका लागि गुणस्तरीय ट्रान्समिसन लाइनको पनि त्यत्तिकै जरुरत पर्ने भएकोले आवश्यक क्षमताका गुणस्तरीय ट्रान्समिसन लाइन निर्माण गर्न पनि सरकारले काम गरिरहेको र यसको अलवा क्रस बोर्डर लाइन निर्माणको काम पनि अघि बढिरहेको उनले जानकारी दिए । विद्युत खपतको विषयमा सरकारले पनि छलफल कार्यहरु अघि बढाइरहेको जनाउँदै यस विषयमा आजको यस कार्यक्रमले पनि सरकारलाई सहि सुझाव दिने छ भन्ने आशा रहेको मन्त्री रायमाझीले बताएका छन् । ट्रान्समिसन लाइन निर्माणमा भएका सबै समस्याहरु अबको ३ देखि ४ महिना भित्र समाधान गर्ने प्रतिबद्धता समेत गरेका छन् । 
 
 
त्यसैगरी कार्यक्रमका विशेष अतिथि ऊर्जामन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले अहिले १४ सय ५० को जडित क्षमतामा यहि असार मसान्त सम्ममा ८ सय मेगावाट थप हुने र अर्को आवमा पुनः ७ सय मेगावाट उत्पादनको तयारीमा रहेको बताए । उनले भने यसरी हेर्दा हामीले अबको खपतको अवस्थालाई ३ हजार मेगावाट पु¥याउनु पर्ने भन्दै विद्युत धेरै उत्पादन भयो, अब त्यो खेर जाने भयो भन्ने विषयमा चिन्ता नगर्न सचिव घिमिरेले सुझाव दिएका छन् । विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर अगाडि जानुपर्ने भन्दै खपत बढाउन कै लागि अहिले हामीले विद्युतीय सवारी चार्जिङका लागि ५० वटा स्टेशन तयार गर्ने काममा लागि परिरहेको बताए ।
यसको अलवा बाह्य बजारमा २०० मेगावाट तत्काल बाहिर पठाउन सकिने पनि उनले जानकारी दिए । पहिलो वर्ष विद्युतीय सवारीको करमा केही फेरबदल भएका कारण केही अलमलको अवस्था रहेपनि आगामी दिनमा त्यसलाई सुधार गरेर जानुपर्ने उनको धारणा छ ।
 
यस्तै नेविप्राका कार्यकारी निर्देशक शाक्यले उत्पादित विद्युत खेर जान नदिनका लागि प्राधिकरणले ट्रान्समिसन लाइन निमार्णमा जोड दिएको बताए । पहिलाको तुलनामा ट्रान्समिसन लाइन निर्माणमा विशेष जोड दिएको उनको जिकिर छ । यदि यसो नगर्ने हो भने उत्पादित विद्युत खेर जाने अवस्था आएको हुनाले प्राधिकरणले ट्रान्समिसन लाइनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको निर्देशक शाक्यको भनाई छ । विद्युत खपत बढाउनुको अन्य विकल्प नरहेकोले निर्देशक शाक्यले हरेक जनतालाई घरघरमा इलेक्ट्रिक इण्डक्सन चुलोहरुको प्रयोग गर्न आवहन समेत गरेका छन् । 
 
 
कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले आयोगले भर्खरै काम सुरु गरेको हुनाले यसले अहिले रहेका समस्याहरुको समाधान खोज्दै अघिबढ्ने र विद्युत उत्पादनका क्षेत्रका आफ्नो संस्थाको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छन् । 
 
काठमाडौं विश्वविद्यालयका प्रा.डा. भोला थापाले अहिलेको अवस्थामा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने मोह हराउँदै गएको हुनाले यसलार्ई बढाउनुपर्ने बताएका छन् । अबका दिनमा इलेक्ट्रिकल इन्जिनियरिङको माग घट्ने हो कि भनेर विद्यार्थीमा चिन्ता रहेको उनले बताए । 
 
त्यस्तै स्वतन्त्र ऊर्जा उत्पादकका पूर्व अध्यक्ष एवं नेपाल चेम्बर अफ कर्मसका सदस्य शैलेन्द्र गुरागाईंले विद्युत धेरै उत्पादन भयो, अब त्यो खेर जाने भो भन्ने विषयमा चिन्ता नगर्न आग्रह गर्दै उनले नेविप्रालाई अझै धेरै भन्दा धेरै पिपिए गर्नका लागि सुझाव दिएका छन् ।  विद्युतको उत्पादन जति भएपनि त्यसको उपयोगमा समस्या नहुने भन्दै उनले अहिले पिपिए गर्नका लागि तयारी रहेका आयोजनाहरुको रोकिएको पिपिएलाई खुला गरेर धेरै भन्दा धेरै पिपिए गर्न सकेको खण्डमा मात्र औधोगिक क्षेत्रले चाहे अनुरुपको विद्युत प्राप्त गरी उपयोग गरी खपत बढाउन सकिने उनको धारणा छ । 
दोस्रो चरणमा अपर तामोकोसीको परियोजनाको अवस्था र त्यसमा रहेका समस्याहरुको बारेमा आयोजनाको तर्फबाट डिपुटी मेनेजर पूर्ण गोपाल रंजितले जानकारी गराएका थिए । त्यसैगरी ग्रीन हाइड्रोजनको बारेमा सहप्राध्यापक विराज सिंह थापाले जानकारी दिए । 
बाहिरबाट अहिले पनि वार्षिक रुपमा १४०० केजी आयात भइरहेको हुनाले त्यसमा धेरै धनराशि बाहिर गइरहेको अवस्था रहेको छ । त्यसलाई रोक्नका लागि हामीले नेपालमा नै यसको उत्पादन गर्नुपर्नेमा उनको जोड थियो । यसरी उत्पादिन हाइड्रोजनलाई विभिन्न तरिकाले स्टोर गरी १० वर्षसम्म प्रयोग गर्न सकिने बताए । अहिले पनि कतिपय उद्योगले हाइड्रोजनको अभावमा आफ्नो उद्योग बन्द गर्नु परेको तर्क दिदैं आयातित हाइड्रोजन महंगो भएका कारण वनस्पति घीउ बन्द भएको धारण समेत राखेका थिए ।
त्यसैगरी धर्म केसीले नपोलीकन तयारी गरिने इँटा र इलेक्ट्रिकल चुल्होको बारेमा जानकारी दिदै यसले कार्वन उत्सर्जनलाई रोक्नुका साथै सस्तो र वातावरणमैत्री भएको बताए कार्यक्रमको अध्यक्षता सिनका अध्यक्ष डिल्ली रत्न शाक्यले गरेको थियो ।

प्रतिक्रिया