बिमा अभिकर्ताको मेची महाकाली सशक्तिकरण अभियान समापन कार्यक्रम हुँदै

  • प्रकाशित मिति : सोम, चैत ९, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ,चैत । पेशागत बिमा अभिकर्ता संघ बिमक समिति नेपाल लाइफ इन्स्योरेन्सले मेची महाकाली सशक्तिकरण अभियान समापन कार्यक्रम गर्ने भएको छ  ।
 
मेची महाकाली अभियानमा वीरगञ्जबाट सुरुभएको सशक्तिकरण अभियानको १७ औं कार्यक्रम १० गते मंगलबार राष्ट्रिय सभागृहमा हुने भएको हो । 
 
पेशागत बिमा अभिकर्ता  संघ बिमित समिति नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न माग सहित मेची महाकाली अभियान सुरु गरेको पेशागत बिमा अभिकर्ता संघ नेपालका सदस्य एवम् पेशागत बिमा अधिकर्ता संघ बिमक समितिका वरिष्ठ उपाध्यक्ष कृण्ण प्रसाद आर्चायले विद्युत संसारलाई बताए ।
वरिष्ठ उपाध्यक्ष आचार्यका अनुसार नेपाल लाइफले ७ वर्ष देखि बिमितको बोनस नबढाएको, शेयरहोल्डरले मात्र मुनाफा लिएको, राम्रा र उत्साहजनक कार्यक्रम ल्याउन नसकेको, सञ्चालकले पुराना कार्यक्रम देखाएर धेरै मुल्य लिएको, द्धन्द्धकालमा प्रहरी, आर्मीहरुलाई लगाउँदै आएको थप जोखिम वापतको रकम अहिलेसम्म नहटाएको र नेपाल लाइफ बिमित अभिकर्ताको पेशागत ग्यारेन्टी नभएको आरोप सहित यस्ता समस्या समाधान गर्न मेची महाकाली दवाबमुलक अभियान चलाएको आर्चायले बताए ।

प्रतिक्रिया