भर्खरै

भरतपुर सबस्टेशनको क्षमता एक हजार ५०० सय पुर्याइयो

  • प्रकाशित मिति : मंगल, चैत १०, २०७७
  • - Admin
title

चितवन, चैत । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत रहेको सबस्टेशनको क्षमता बढाइएको छ । ८ सय एम्पीयर रहेको सबस्टेशनको क्षमतालाई बढाएर एक हजार ५०० सय पु¥याइएको हो । 
भरतपुर वितरण केन्द्रका इञ्जिनियर विनोद सापकोटाले शनिबार र आइतबार विद्युत कटौती गरेरै इनकमर र बक्स कपुलर परिवर्तन गरी क्षमता बढाइएको बताए । 
इन्जिनियर सापकोटाका अनुसार सबस्टेशनमा सर्वसाधारणका लागि नौवटा र कोकाकोला कम्पनीका लागि एउटा छुट्टै गरी जम्मा १० फिडर रहेका उनको भनाई छ । उक्त फिडरका लागि दुईवटा इनकमर छन् ।
 
एउटा इनकमरमा ओभरलोड भएर ट्रिप हुने बित्तिकै पाँचवटा फिडरको विद्युत् काटिन्थ्यो । आधा जिल्लाभर विद्युत् कटौती हुने गर्दथ्यो । अहिले नै इनकमर फूल लोडमा थियो । “अहिले नै ८०० एम्पियरको रेन्जमा करेन्ट पुगिसकेको अवस्था छ । त्यसैले गर्मीयाममा ९०० एम्पियरसम्म करेन्ट पुग्ने अवस्था थियो । यो क्षमताले कुनै पनि हालतमा थेग्न सक्ने अवस्था थिएन”।  “त्यसैले हामीले क्षमतालाई बढाएका हौँ ।” उनले भने आठ सय एम्पियरबाट एक हजार ५०० एम्पियर गणितीय नियमका आधारमा बढाइएको छ ।
 
अब क्षमता बढाएपछि गर्मीयाममा ओभरलोड भएर विद्युत् कटौती हुने समस्या नआउने सापकोटाको भनाइ छ । भरतपुर सबस्टेशन चितवनको मुख्य र ठूलो सबस्टेशन हो । यहाँ ट्रान्समिसनको लाइनलाई ल्याएर कम भोल्टेज बनाई अन्य सहायक सबस्टेशनमा पठाइन्छ । 

प्रतिक्रिया