भर्खरै

ऊर्जा तथा जलस्रोतमा १ खर्ब १० अर्बको बजेट सिलिङ

  • प्रकाशित मिति : मंगल, चैत १०, २०७७
  • - Admin
title
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष (२०७८÷७९) मा  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब १० अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा खर्च हुने बजेटको सीमा तोकेको हो ।
 
आयोगले तोकेको बजेटको सिलिङ अर्थमन्त्रालयले पठाएको मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले बताए । उनका अनुसार आगामी आवका लागि तोकिएको बजेट सिलिङ चालू आवको बजेटभन्दा १० प्रतिशत बढी हो ।
 
‘चालू आवका लागि मन्त्रालयलाई ९९ अर्ब बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यसमा १० प्रतिशत बढाएर आगामी आवको बजेट सिलिङ आएको छ ।’ मन्त्रालयले प्राप्त सिलिङका आधारमा बजेट बनाउन सुरु गरेको उनले बताए ।
 
आगामी आवका लागि पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनले बताए । सिलिङ बजेट निर्माणको आधारमात्रै भएकाले पछि बजेट आउँदा केही फरक पर्न सक्ने बताए ।
 
आगामी आवका लागि नयाँ आयोजना तथा कार्यक्रम नथप्नु भन्ने निर्देशन आएकाले चालू आवमा बजेट विनियोजन भएका आयोजनाले नै निरन्तरता पाउने मन्त्रालयले जनाएको छ । ऊर्जातर्फको बजेट विद्युत विकास विभाग, जल तथा ऊर्जा आयोग, बूढीगण्डकी जलाशय जलविद्युत आयोजना, नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत अघि बढेका आयोजनाका लागि विनियोजन हुने गर्दछ ।
 
सरकारले नयाँ आवका लागि हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्ने गर्दछ ।  स्रोत ः ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago