भर्खरै

बिमा अभिकर्ताको मेची महाकाली सशक्तिकरण अभियान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बुध, चैत ११, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ११ चैत । पेशागत बिमा अभिकर्ता संघ बिमक समिति नेपाल लाइफ इन्स्योरेन्सले मेची महाकाली सशक्तिकरण अभियान समापन कार्यक्रम सम्पन्न भएको छ  ।
मेची महाकाली अभियानमा वीरगञ्जबाट सुरुभएको सशक्तिकरण अभियानको १७ औं कार्यक्रम १० गते मंगलबार राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । 
पेशागत बिमा अभिकर्ता संघ बिमक समिति नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न माग सहित मेची महाकाली अभियान सुरु गरेको पेशागत बिमा अधिकर्ता संघ नेपालका सदस्य एवम् पेशागत बिमा अभिकर्ता संघ बिमक समितिका वरिष्ठ उपाध्यक्ष कृण्ण प्रसाद आर्चायले विद्युत संसारलाई बताए ।
 
वरिष्ठ उपाध्यक्ष आचार्यका अनुसार नेपाल लाइफले ७ वर्ष देखि बिमितको बोनस नबढाएको, शेयरहोल्डरले मात्र मुनाफा लिएको, राम्रा र उत्साहजनक कार्यक्रम ल्याउन नसकेको, सञ्चालकले पुराना कार्यक्रम देखाएर धेरै मुल्य लिएको, द्धन्द्धकालमा प्रहरी, आर्मीहरुलाई लगाउँदै आएको थप जोखिम वापतको रकम अहिलेसम्म नहटाएको र नेपाल लाइफ बिमक अभिकर्ताको पेशागत ग्यारेन्टी नभएको आरोप सहित यस्ता समस्या समाधान गर्न मेची महाकाली दवाबमुलक अभियान चलाएको आर्चायले बताए ।
 
कार्यक्रममा समय सापेक्ष बिमितको बोनस वृद्धि गर्नुपर्ने, नेपालीलाई सुहाउँदो बिमा योजना लागु गर्नुपर्ने, राष्ट्रिय पँुजीबाट निर्माण गरियोस पूर्वाधार बिमाबाट संकलित रकमलाई बनाइयोस मुल आधार, समग्र बिमा क्षेत्रको दिगो विकास गरी बिमा अभिकर्तालाई उचित सेवा सुविधा दिनुपर्ने लगायतका मागहरु समेत राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago