भर्खरै

‘महिला आरक्षण’ होईन सबलीकरण हुनुपर्दछ ।

  • प्रकाशित मिति : बुध, चैत ११, २०७७
  • - चन्द्रकला बास्कोटा निवर्तमान अध्यक्ष, महिला उद्यमी संघ भक्तपुर (प्रोपाइटर रिजाल प्लाष्ट्रिक उद्योग)
title

विराटनगरमा २०५८ सालबाट उद्योग व्यवसाय सुरु गर्नुभएकी चन्द्रकला बास्कोटा हाल भक्तपुर ठिमीमा रिजाल प्लाष्टिक उद्योग सञ्चालनमा ल्याउनु भएको छ । वहाँ महिला उद्यमी संघ भक्तपुरको निर्वतमान अध्यक्ष समेत हुुनुहुन्छ । विभिन्न सामाजिक सेवामा संलग्न हुनुभएकी बास्कोटा न्यू विजनेस अवार्डबाट समेत सम्मानित हुनुभएको छ । उनै बास्कोटास“ग विद्युत संसार साप्ताहिकका प्रधान सम्पादक रामप्रसाद पौड्यालले गर्नुभएको कुराकानी संक्षिप्तमाः
 
चन्द्रकला बास्कोटा
निवर्तमान अध्यक्ष, महिला उद्यमी संघ भक्तपुर (प्रोपाइटर रिजाल प्लाष्ट्रिक उद्योग) 

उद्योगीको रुपमा कसरी स्थापित हुनपुग्नु भयो ?
२०५८ सालमा विराटनगरबाट मेरो यात्रा सुरुभएको हो परिवारको सहयोग भएकोले असहज अवस्थालाई पनि सहज रुपमा अगाडि बढायौँ । २०६६ सालमा मैले श्रीमान गुमाउन पुगे त्यसपश्चात मैले कसैको सहारा विना नै भक्तपुरको ठिमीमा उद्योग स्थापना गरेर आज यो अवस्थामा आईपुगेको हुँ । 
एकल महिला भएकै कारण प्रशासनिक झमेलाहरु समेत बेहोर्नु प¥यो । सरकारी कार्यालयमा जादाँ विभिन्न बाहना बनाएर काम रोकिएका घटना धेरै छन् । यसैले महिलाहरुलाई जुनसुकै क्षेत्रमा संलग्न हुनपनि धेरै कठिनाईहरु पर्दछन् ।
विभिन्न कठिनाईका बीच पनि आज चन्द्रकला बास्कोटा महिला उद्यमी भनेर सबैको सामु परिचय दिदाँ खुसी लाग्दछ ।  
 
रिजाल प्लाष्टिक उद्योग भनेको के हो ?
नेपालमा भएका प्लाष्टिकका ट्याङ्कीहरु छन् तिनीहरुको बिर्को बनाउने फ्याट्री हो । चितवन, पोखरा, विराटनगर देखि भद्रपुर सम्ममा मेरा प्रडक्ट खपत हुन्छन् । मेरो याट्रीबाट प्लाष्टिकका सबै प्रकारका भाडा बनाउन सकिन्छ यस विषयमा पनि विस्तारै योजना बनाउँदै छु ।
 
नेपाली उद्यमी र विदेशी उद्यमीहरुमा धेरै भिन्नता पाईन्छ किन ?
धेरै फरक छ किनकी यहाँ दृढ इच्छाशक्ति छ पैसा छैन तर विदेशी मुलुकमा ऋण नै लिँदा पनि व्याज तिर्नु पर्दैन । यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । विदेशी उद्योग एउटा सिस्टममा चल्छ तर नेपालमा धेरै प्रकारका बेथितिहरुका कारण उद्योगी निरास र हतोत्साहित हुन पुगेका छन् ।
देशको उद्योगधन्दा स्थापना गर्न राजनैतिक भुमिका नै बलियो हुनुपर्दछ ।
नेपालमा आजको अवस्थाले देशको राजनैतिक नेतृत्वमा युवापुस्ता अपरिर्हाय जस्तै भइसकेको छ । व्यवसायमा राजनीति हुन्छ भने यसले कुनै सफलता पाउँदैन यसैले हाम्रो संघमा कुनैपनि राजनीतिको विषयमा कहिकतै कुरा उठ्दैन । 
मैले मेरो उद्योगबाट ३० प्रतिशत सम्म कर तिरेको छु तर सरकारबाट हामीले केही पाउन सकेका छैनौ । 
 
महिलाहरुलाई उद्यमी बनाउन कस्तो प्रेरणा दिनुहुन्छ ?
महिलाहरुका लागि समाज त परैको कुरा परिवारबाटै पनि सहयोग पाइरहेका हुँदैनन् । तर एउटा महिलाले आफु उद्यमशिल बन्छु भनेर दृढसंकल्प गर्ने हो भने असम्भव भन्ने केही पनि छैन् । पहिले घर, टोल र राष्ट्र बनाउने भनेर लाग्नुपर्दछ । 
६ वर्ष अगाडि १० जना महिला उद्यमी भेट्न गा¥ह्रो थियो तर आज १७० भन्दा धेरै विभिन्न किसिमका उद्यमी महिलाहरु हुनुुहुन्छ । सबै जना आ–आफ्नो क्षेत्रमा अब्बल हुनुहुन्छ । आजभोली महिलाहरुलाई परिवारिक वातावरण पनि राम्रो हुने गर्दछ यो राम्रो पक्ष हो । 
 
महिला सबलीकरण कि आरक्षण हुनुपर्ने हो ?
महिला सबलिकरण हुनुपर्दछ, आरक्षण होइन यसैले उद्यमशिल बन्ने सोच बनाईरहनु भएका आम महिलाहरुलाई सकारात्मक सोच लिएर आउनुस् असम्भव भन्ने केही छैन भन्न चाहान्छु ।
महिला उद्यमी बन्न आफु के व्यवसाय गर्ने त्यसमा दृढसंकल्प गरेर आफ्नै नाममा उद्योग दर्ता हुनुपर्दछ । एकै पटक ठूलो सोच बनाएर होईन सानै व्यवसायबाट पनि उद्यमीमा अगाडि बढ्न सकिन्छ भन्ने सोच राख्नुपर्दछ । प्रक्रियामा जादँै गर्दा केही समस्या आएको छ भने हामी आवश्यक सहयोग गर्न तयार छौ ।
 
थोरै पुँजी भएका महिलाहरु उद्यमी बन्नका लागि संघले कस्तो सहयोग गर्दछ ?
संघले आर्थिक सहयोग नै गर्ने कुरा चाँही होईन । तर उनीहरुलाई प्रशासनिक देखि अन्य क्षेत्रमा कस्ता समस्या पर्दछ ती समस्याहरुको हल गर्नका लागि सुझाव दिने गर्दछौ । अहिले महिलाहरु समुह बनेर काम गर्दा विभिन्न बैंक, लघुवित्त, माइक्रो फाईनान्सहरुले पनि महिला उद्यमीहरुलाई सहयोग गरिरहेको हुन्छ । 
उद्यमी बन्ने सोच बनाईरहेका महिलाहरुलाई हामीले महिला उद्यशिलताको तालिम दिने गर्दछौ जसले गर्दा उद्यमशिल बन्ने सोच गरेका महिलाहरुलाई अझ आत्मबल बढ्ने छ । हाम्रो संघ लगभग ६० जिल्लामा पुगेका छौ केही समयमा नै ७७ वटा जिल्लामा पु¥याउने योजनामा
छौ । 
 
तपाईको भावि योजना कस्ता छन् ?
अहिले चलिरहेकै व्यवसायलाई अझ माथि पु¥याउने योजनामा छु । 
 
कोरोना पश्चात् नेपाली उद्योगहरुको अवस्था कस्तो छ ?
कोरोना महामारीका कारण ८/९ महिना बन्द भए पश्चात् दशौँ पछिबाट मात्र उद्योगहरु सञ्चालनमा आए । उद्योग सञ्चालन गर्दै गर्दा महामारीका कारण आर्थिक संकटकै अवस्था आयो कार्यरत कर्मचारीलाई तलब दिन नै मुस्किल परेको अवस्था थियो । आफुलाई विभिन्न समस्या बेहोरेर पनि कर्मचारीलाई टिकाउने काम गरेको थिएँ ।
सरकारले यस्तो महामारीमा उद्यमीहरुलाई कुनै राहत ल्याउन सकेन । महामारी पछिपनि भन्नकै लागि त विभिन्न बैंकहरुले महिला उद्यमीहरुको लागि विना धितो ऋणको व्यवस्था छ भन्दै आएका छन तर यो भनाईमा मात्रै नै सीमित छ । सरकारको यस विषयमा नीतिगत त्रुटी देखिन्छ ।
 
यस्ता समस्याका सुधार कसरी गर्न सकिएला ?
प्रमुखत्ः यस्ता विषयमा राज्यले नै ठूलो भुमिका खेल्नुपर्दछ तर राज्य निरिह बनिरहेको अवस्था छ । हाम्रा समस्या केही समय अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पनि राखेका थियौ तर उहाँले पनि समस्या समाधानका उपाय देखाउन सक्नु भएन ।
देशको मेरुदण्डको रुपमा स्थापित भएको उद्योगहरुलाई कसरी उचाईमा लान सकिन्छ भन्नेमा हामी लागी परेका छौ तर सरकारको वेवस्थाका कारण सफल हुन सकेको छैन् । देशबाट दैनिक हजारौं युवा विदेशी रहँदा सरकारले यस विषयमा सोच्नै पर्दछ ।
 

प्रतिक्रिया