भर्खरै

मेलम्चीको पानी आउने पक्का, राष्ट्रपति भण्डारीद्धारा चैत २० मा उद्घाटन

  • प्रकाशित मिति : बिही, चैत १२, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । अब भने मेलम्ची खोलाको पानी आउने प्रतिक्षाको घडी समाप्त हुनै लागेको छ । अब काठमाडौंंका हरेक  सर्वसाधारणले मेलम्चीको पानी पिउन पाउने छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीले यहि चैत २० गते मेलम्ची खोलाबाट ल्याइएको खानेपानीको भृकुटीमण्डपमा रहेको एउटा सार्वजनिक धारा खोलेर औपचारिक रुपमा ‘मेलम्ची खानेपानी’ को विधिवत् उद्घाटन हुने तयारी भएको स्रोतले जनाएको छ ।
 
उद्घाटनका लागि खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सम्बद्ध निकायहरुले तयारी तीव्र पारिरहेका छन् । मेलम्ची खोलाबाट पानीलाई सुन्दरीजलमा ल्याइएको छ भने  सुन्दरीजलबाट सिधै अनामनगरस्थित ओभर ट्यांकीमा मिसाइएको छ । अनामनगरको पानी भृकुटीमण्डप लगेर धारा उद्घाटन गर्न लागिएको स्रोतले जनाएको छ । खानेपानी मन्त्री मणि थापाले सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको मुहान पुगेर गत फागुन ११ गतेसाढे २६ किलोमिटर सुरुङभित्र पानी हुल्ने कार्यको सुरुवात गरेका थिए । 
प्रधानमन्त्री केपी ओलीले सुरुङमा भरिएको फोहोर पानीलाई गत फागुन २२ गते बागमतीमा मिसाउने कार्यको शुभारम्भ गरेका थिए । खानेपानी मन्त्रालयले यही चैत १५ गते मेलम्चीको पानी उपत्यकामा वितरण गरिने जानकारी दिएको थियो । तर ‘सबै कुराको व्यवस्थापन मिलाउँदा आगामी चैत २० गते (शुक्रबार) लाई साइत जुरेको स्रोतको भनाई छ । २० गतेपछि मात्र उपत्यकाका जनताको घरमा पानी छाडिनेछ ।’
 विविध कारणले यस आयोजनाको म्याद सरिरहेको थियो ।
 
यस भन्दा पहिलेका अघिल्ला खानेपानी मन्त्री विना मगर र सचिवले साविकको अन्तर्राष्ट्रिय ठेकेदार सीएमसीलाई भुक्तानी रोकेर नभगाएको भए मेलम्चीको पानी अढाई वर्षअघि उपत्यकामा आइसक्थ्यो । तीन प्रतिशत कामका लागि पुनः ठेक्का गरेर दुई वर्ष लगााएर मेलम्चीको बाँकी काम करिब करिब सम्पन्न भएको हो । हाल अस्थायी रुपमा पानी पथान्तरण (डाइभर्ट) गरी सुरुङमा छिराइएको छ भने यसको मुहान संरचना निर्माण कार्य यो वर्षको वर्षाअघि पूरा हुनेछ । त्यसपछि स्थायी रुपमा मुहान संरचनाबाटै मेलम्चीको पानी आउने स्रोतले जानकारी  दिएको छ ।

प्रतिक्रिया