पोखरामा आज र भोलि बिजुली नआउने

  • प्रकाशित मिति : शुक्र, चैत १३, २०७७
  • - Admin
title

पोखरा, चैत । पोखरा महानगरपालिकाका केही स्थानमा आज शुक्रबार र भोलि शनिबार विद्युत आपुर्ति बन्द हुने भएको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
सडक किनारमा रहेका विद्युतीय संरचनाहरुको स्थानान्तरण गर्नका लागि आपुर्ति बन्द गर्न लागिएको विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रले एक सूचना प्रकाशित गरेर जानकारी दिएको छ । 
 
पोखरा वितरण केन्द्रको बिरौटा फेवा नहरदेखि छोरेपाटन पेट्रोल पम्पसम्मको फेवा फिडर अन्तर्गतको वडा नं १७ कार्यालय, जागृती टोल, बराल फिड, बालोदय मार्ग, तिव्यतियन क्याम्प, डेभिज फल, छोरेपाटन, शितल चौतारी लगायतका क्षेत्रमा शुक्रबार र शनिबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया