भर्खरै

पहिलो चरणमा ४० वटा बिजुली बस खरिद गर्दै साझा यातायात

  • प्रकाशित मिति : शुक्र, चैत १३, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । साझा यातायात सहकारीले पहिलो चरणमा ४० वटा विद्युतीय बस  खरिदका लागि टेण्डर आह्वान गरेको छ । आज शुक्रबारको गोरखापत्रमा साझाले विद्युतीय बस खरिद गर्नका टेण्डर आह्वानका लागि सूचना जारी गरेको हो । 
 
पहिलो चरणमा ४० वटा बस खरिद गर्न लागेको सहकारीका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । 
उनका अनुसार ४० वटा बिजुली बस किन्न टेण्डर आह्वान गरेको बताउँदै खरिद गरिने यी बस काठमाडौं उपत्यकामा सञ्चालन गरिने बताए । 
खरिद गरेर ल्याइने ९ मिटर लम्बाई रहने बसमा बढीमा ५० सम्म यात्रु बोक्न सकिने क्षमता रहेको अत्याधुनिक विशेषताको बस रहेको साझाले जनाएको छ । 
‘बसमा वाइफाई, टिभी, सिसी क्यामरा लगायतका विशेषता हुन्छन्,’ प्रमुख पाण्डेले भने ।  २०७५ पुस ९ गते सरकारले साझा यातायातलाई यस भन्दा पहिले ३ सय बिजुली बस खरिद तथा सञ्चालन गर्न तीन अर्ब रूपैयाँ दिने निर्णय गरेको थियो । तर दिइएको बसको स्पेसिफिकेसन परिर्वतन गरेको भन्दै गत असोज १ गते लिखित रूपमा मन्त्रालयले खरिद प्रक्रिया अगाडि नबढाउन साझालाई निर्देशन दिदैंं गत माघमा साझा यातायातलाई दिएको तीन अर्ब रकमको ब्याजसहित फिर्ता माग्ने निर्णय समेत भएको थियो ।
 
पछिल्लो समयमा सरकारले पुन साझालाई नै सो जिम्मेवारी सुम्पिएपछि विद्युतीय बस  खरिद प्रक्रिया अघि बढेको छ । 
 
 

प्रतिक्रिया