भर्खरै

बाजुराको गौमुल गाउँपालिकामा ११ करोड लगानीमा बिजुली उत्पादन हुँदै

  • प्रकाशित मिति : शनि, चैत १४, २०७७
  • - विद्युत संसार संवाददाता
title

बाजुरा, चैत । गौमुल गाउँ पालिकामा ११ करोडको लगानिमा बिजुली उत्पादन हुने भएको छ । पालिमामा १ सय किलोवाट क्षमताको बिजुली उत्पादन हुने भएको गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताए ।
 
 
गाउँमै बिजुली बल्ने भएपछि दुुर्गम गाउँका बासिन्दा बिजुली बाल्न सक्रिय अध्यक्ष रोकायाले बताए । गाउँलाई अन्धकारमुक्त बनाउनका लागि बिजुली बाल्न सक्रिय भएको र गाउँपालिकाको दुुर्गम वडा नम्बर १ र २ का गाउँहरुमा चाडै बिजुली बाल्ने योजना रहेको अध्यक्ष रोकायाले भने ।
 
बाजुराका दुुर्गम गाउँका रुपमा परिचित वडा नम्बर १ को अन्द्राडि गाउँमा १ सय किलोवाटको बिजुली उत्पादन हुने गरी काम शुरु भएको छ । २०७८ मा गाँउमा बिजुली बाल्ने गरि अन्द्राडी लघु जल विद्युत आयोजना सञ्चालनमा आएको छ ।
 
 
एक सय किलोवाट विद्युत बाल्नका लागि गाउँपालिकाको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले करिब ११ करोड खर्च गरेर काम शुरु भएको परियोजना व्यवस्थापक बालचन्द्र रानाले बताए । समुदायको माग भएपछि आफुहरुले काम गरेको उनले बताए ।
 
संस्थाको १० करोड ७९ लाख ८५ हजार ५ सय ३१ र गाउँलेको श्रवदान ३० लाख ३४ हजार ८ सय गरि ११ करोड १० लाख २० हजार ३ सय ३१ लगानीमा बिजुली बलिसक्ने बालचन्द्र रानाले बताए । अध्यक्ष हरिबहादुर रोकायाले भने, ‘गाउँपालिकाले समन्वय सहकार्य गरेका हो, सबै लगानी कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपालको रहेको छ ।’
उक्त परियोजनाबाट गाउँपालिकाका ४ सय ८८ घरधुरीका ३ हजार १ सय ३६ जनाले सेवा पाउने भएका छन् । परियोजनाले सामान खरिद गरेर हेलिकप्टर मार्फत ढुवानी गरिसकेको छ, अर्को गाउँ झिलीमिली पारिसक्ने उपभोक्ता समितिका अध्यक्ष धनबहादुर बोहोराले बताएका छन् ।
 
अन्द्राडि गाउँ २०३६ सालमा मात्र गाउँ रहेको थाहा भएको थियो । बर्षौदेखि झरोको साहारामा उज्यालो बाल्दै आएका स्थानिय १ बर्षभित्र गाँउ झिलिमिलि बनाइसक्ने योजनाका साथ काममा लागेको छ । ‘झरोको भरमा उज्यालो बालिरहेका थियौँ’ चाँडै बिजुली बल्ने भएपछि खुशी भएको अनेरास्वियुका जिल्ला अध्यक्ष राजिब रोकायाले बताए ।  स्रोत–दृष्टि

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 16 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 3 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 3 hours ago