भर्खरै

गोरखा इलेक्ट्रिसियन संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन श्रेष्ठ चयन

  • प्रकाशित मिति : सोम, चैत १६, २०७७
  • - विद्युत संसार संवाददाता
title
गोरखा, चैत । गोरखा इलेक्ट्रिसियन संघ गोरखाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन राजकुमार श्रेष्ठलाई चयन गरेको छ ।  गोरखा नगरपालिकाका उप–प्रमुख विना कुमारी श्रेष्ठको प्रमुख  आतिथ्यतामा गोरखाको हिमचुली साकोसमा शनिबार भएको संस्थाको उक्त अधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालको लागि चयन गरेको हो ।  
कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिकाका उप–प्रमुख विना कुमारी श्रेष्ठले कार्यक्रमको सम्बोधन गर्दै सुरक्षाको हिसाब अत्यन्तै जोखिमपूर्ण पेशा भएकाले यस पेशाको लागि अनिवार्यरुपमा तालिम प्राप्त हुनुपर्ने बताए । उनले भने यो पेशा निकै नै खतरापूर्ण पेशा रहेकोले यस क्षेत्रमा काम गर्ने जतिपनि प्राविधिकहरु छन् ती सबैले पहिलो प्राथमिकता सुरक्षालाई दिनुपर्ने बताए । 
इलेक्ट्रिसियन पेशाालाई मर्यादित बनाउनजका लागि नगरपालिकाले पनि आवश्यक सहयोग पु¥याउन सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रत्येक स्थानीय सरकारबाट आफ्नो अधिकार खोज्न इलेक्ट्रिसियनहरुलाई जोडसमेत दिएका थिए । 
यस्तै कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले इलेक्ट्रिसियनहरुको सीप , आचरण र व्यवहारमा परिवर्तन गर्न, आफ्नो पेशाको हक अधिकारको संरक्षण गर्न, दररेटमा एकरुपता ल्याउन, एक आपसमा संगठित भई अफिस व्यवस्थापन गरेर घरधनीहरुलाई सर्वसुलभ तरिकाले सेवा दिन, पालिका स्तरमा इलेक्ट्रिसियनहरुलाई सूचिकृत गर्ने विषयमा काम भइरहेको बताए ।
 विशेष अतिथिका रुपमा वडा नं.५, ६ र ८ का वडाध्यक्षहरुको समेत कार्यक्रममा संलग्नता रहेको थियो । विद्युतीय व्यवसायीहरुको भौतिक तथा सहयोगमा सञ्चालित कार्यक्रमको उद्घोषण सचिव सागरबाबु श्रेष्ठले गरेको थियो  भने संघका कोषाध्यक्ष दिनेश थापाले २०७६÷०७७ को आय व्याय र  संस्थाको नीति तथा कार्यक्रमका बारेमा प्रकाश पारेको थियो ।  
शिवहरी न्यौपानेको संयोजकत्वमा हिमाल ज्योति गुभाजु र राम बहादुर श्रेष्ठ सदस्य रहने गरी ११ सदस्यीय समिति चयन भएका छन् । कार्यक्रममा आवश्यक प्रक्रिया पुरा गरी सर्वसम्मतिबाट श्रेष्ठको अध्यक्षतामा जसमा उपाध्यक्ष कृष्ण पुडासैनी, सचिव सागरबाबु श्रेष्ठ, सहसचिव हरिराम श्रेष्ठ, कोषाध्यक्ष दिनेश थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दामु थापा मगर, विकास श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, विकास कट्टेल,अर्जुन श्रेष्ठ, लक्ष्मण थापा चयन भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago