भर्खरै

विद्युत संसार विशेष सम्पादकीय

  • प्रकाशित मिति : बुध, चैत १८, २०७७
  • - विद्युत संसार
title
साप्ताहिक अखबारहरुको भिडभाडमा मिसिन हामी छ वर्ष अगाडि आएका थियौं । आजकै दिनबाट शुभारम्भ गरेको गौरवशाली एवम् अभुतपुर्व दिन मान्दै हाम्रा कलमलाई निरन्तर क्रियाशिल गराइरहेका छौं । हाम्रो अखबार आजबाट पाँचवर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको छ । युग र समय परिवर्तित हुँदै जाने रहेछ । हिजो अखबार सुरु गर्दाका आरोह, अवरोहलाई चिर्दै सकारात्मक र सत्य तथ्यमा आधारित बनाउन पत्रकारिताको धर्म थियो । उक्त धर्म निर्वाह कै क्रममा हामी निरन्तर अथक प्रयास गरिरहेका छौ ।
 
विगत एक वर्ष देखि विश्व कोरोना भाइरसका कारण आक्रान्त बन्दै आएको छ । कोरोना कहरका कारण न उद्योग धन्दा न व्यापार व्यवसाय न कुनै प्रकारका सकारात्मक गति विधिहरु पुर्णरुपमा सञ्चालन हुन सकेनन् । त्यसकै चपेटामा हाम्रो अखबार पनि प¥र्यो । अब फेरी कोरोना भाइरसको दोश्रो लहर फैलदै गर्दा हामी छ वर्षे शिशु झै आफ्नो बामे सर्न लागेका पाईलाहरु अगाडि बढाइरहेका छौं । यस्तो विषम परिस्थितिमा पनि हाम्रा अगाडि बढिरहेका शिशुका पाइलाहरुलाई माया गर्ने साथ सहयोग, सुझाव र हातेमालो गर्ने पाठकवृन्द, सहकर्मी पत्रकार साथीहरु, कर्मचारी, आम नागरिक, विज्ञापनदाता, उद्योगपति, व्यापारी वर्ग, साना तथा मझौला उद्योग देखि ठूला उद्योगघरानाहरु यस अखबारसँग जोडिई निरन्तरता प्रदान गर्ने विद्युतीय व्यवसायी महासंघ, जिल्ला संघ लगायतको सकारात्मक सहयोगले अखबार अघि बढिरहेको सर्वविधितै छ । 
 
हाम्रा कमि कमजोरीहरुलाई सुधार गर्दै अग्रगामी पाइलाहरुको निरन्तरता दिइनै रहने प्रण गर्दछौ । अझै खारिएको, यथार्थता तर्फ लम्कीएको र सबैको रोजाईको अखबार बनाउने चाहना मुताविक हामी क्रियाशिल रही रहने छौ । अखबारलाई उत्कृष्ठ, स्वादिलो  यथार्थताको धरातलमा उभ्याउन हामी अनवरत रुपमा मेहनत गरिरहने छौ । यस अखबारको अग्रपड्ढितमा बसेर आफ्नो पत्रकारिताको धर्म निभाउने पत्रकार सहकर्मीहको योगदान अतुलनिय छ । पाठकवर्ग, विज्ञापनदाता, लेखक विभिन्न वर्गका उद्योगपति, व्यापारिक व्यावसायिक संघ/संस्थाहरु सबैलाई छैठांै वर्ष प्रवेशको उपलक्ष्यमा धन्यवाद अर्पण गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago