भर्खरै

सफलताको श्रृङ्खला

  • प्रकाशित मिति : बुध, चैत १८, २०७७
  • - विवेक श्रेष्ठ, गोरखा
title

आमसञ्चार शक्ति हो । आमसञ्चार रेडियो निरक्षर, दृष्टिहीनले समेत सुन्न, बुझ्न सुसूचित हुनसक्ने ठूला, साना सबै उमेर समूहका निम्ति एकमात्र प्रभावकारी विद्युतीय माध्यम हो भने पत्रिका भनेको सुनौलो अक्षरले छापिएको एक छापा माध्यम हो ।  
नेपालमा पहिलो पटक प्रकाशन भएको सुधासागर साहित्यिक पत्रिका वि सं १९५५ बाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको थियो । 
नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका (२४ बैशाख १९५८) मा गोरखापत्रको प्रकाशन सुरू गरेपछि नेपालमा पत्रकारिताले एउटा नयाँ मोड लिएको थियो । लामो इतिहास बोकेको नेपाली पत्रकारिताले आजको दिन सम्म आइपुग्दा ठूलो उत्तारचढाबका बीच उल्लेखनीय फड्को मारेको छ । यसबीचमा सयौ रेडियो, टेलिभिजन तथा पत्रपत्रिका प्रकाशनमा छन् भने नयाँ डिजिटलको रुपमा सञ्चार माध्यम परिमार्जित हँुदै गर्दा अनलाईन माध्यमहरु प्रशस्त मात्रामा स्थापना भएका छन् ।  
 
अहिले हामीले कल्पना गरेभन्दा धेरै भिन्न छ आमसञ्चार, जसकारण सञ्चार विनाको समाज कस्तो थियो होला ? 
अहिले २१ औं शताब्दी चलिरहेछ । आज संसारमा सञ्चारको महत्वपूर्ण भूमिका रहेको छ । संचार माध्यम रहर र लहडले स्थापन हुने पेशा होइन । यसबीचमा छापा प्रकाशनलाई अझ विशिष्ट र उत्तरदायी भुमिका निभाउन एक क्षेत्रलाई मात्र समेटेर अभि मिडिया प्रोड्क्सन प्रा.लि द्धारा प्रकाशित विद्युत संसार साप्ताहिक पत्रिकाले यसै हप्ता आफ्नौ छैठौ जन्मोत्सब मनाईरहँदा म आफुले एउटा गर्वको महशुस गरेको छु । 
 
नेपालको पत्रकारिता क्षेत्रलाई नियालेर हेर्दा छापा प्रकाशनमा आवद्ध पत्रिकाहरुको भिड ठूलो छ । यसबीचमा ऊर्जासँग सम्बन्धित भएर प्रकाशित भएको नेपालको पहिलो पत्रिका विद्युत संसारले आफैंमा एउटा उत्कृष्ठताको पद पाएको छ । किनकी ऊर्जा क्षेत्रलाई मात्र समेटेर यस सम्बन्धी भएका राम्रा तथा नराम्रा लगायत विकृति, विसंगतिहरुलाई समेत आफ्नो कलम उठाउँदै आएको छ जुन ऊर्जा क्षेत्रमा आवद्ध भएका हामी सबैको गर्व गर्ने एक स्तम्भ हो ।
 ऊर्जासंग सम्बन्धित समाचार मुलक पत्रिका विद्युत संसारको सुरुवात आजभन्दा पाचँ वर्ष अगाडि २०७२ साल चैत १७ गते देखि आज सम्म निरत्तरता पाउँदा विद्युत संसारका परिवारको मात्र खुसीको विषय होईन यो त हामी ऊर्जा क्षेत्र र विद्युतीय व्यवसायीहरुका निम्ति एक उत्सवको दिन हो ।
 
समस्यामा अग्रसरताः
आम संसार यस्तो विषय हो उसले समस्या मात्र देख्ने र भन्ने होईन समस्या समाधानको विषय पनि निरक्र्योल गरिदिने छ । यसैले विद्युत संसार साप्ताहिक पत्रिकाले पनि विद्युतीय क्षेत्रमा भएका समस्याको आवाज मात्र उठाएको छैन । समाधानको उजागर गर्नमा पनि केन्द्रित छ । उदाहरण स्वरुप विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन एक सिक्काका दुई पाटा भन्ने अर्थ दिलाउन सफल भएको मैले पाएको छु । एउटै क्षेत्रमा आवद्ध भएर पनि धुर्विकरण भएका व्यवसायी र श्रमजीवि इलेक्ट्रिसियनको आपसी सम्बन्धको मुलथलो बनेको छ ।
व्यवसायी देखि श्रमजिवि इलेक्ट्रिसियनमा परेका समस्या देखि विद्युत संसार कहिले पनि पन्छिन खोजेको छैन । विद्युतीय पसलहरु चोरीको घटना होस् या इलेक्ट्रिसियनहरुमा पर्न गएको समस्या सबै समस्याहरुमा यस पत्रिकाले एक पुलको भुमिका निर्वाह गर्न गएको मेरो ठहर छ ।    
५ वर्ष सम्म निरन्तर साप्ताहिक रुपमा प्रकाशित हुँदै आएको विद्युत संसार साप्ताहिकलाई नेपाली छापा पत्रकारिताको ऊर्जा क्षेत्रमा सूचना प्रवाहको एउटा अत्यन्त विश्वसनीय पत्रिकाको रुपमा मैले लिने गरेको छु । यस पत्रिकाले ऊर्जा क्षेत्रमा हुने विद्युतीय टेण्डरहरुको समेत प्रकाशन गर्दै आइरहेको छ । यस पत्रिकाको छैठांै वर्षको प्रकाशन यात्रा विद्युत संसारको गौरवशाली र ऐतिहासिक यात्रा हो ।
 
प्राविधिक ज्ञानको भण्डार
म एक विद्युतीय व्यवसायी सँगै इलेक्ट्रिसियन समेत हुँ । यहि व्यवसायलाई दुई वसन्त पार गर्दै गर्दा विद्युतसंसार संगको सम्बन्धलाई एक उकालो सिडिको रुपमा लिएको छु । किनभने यस पत्रिको साप्ताहिक रुपमा प्रकाशित हुने प्राविधिक स्तम्भका लेख रचना, सामान्य ज्ञानसँगै अन्य आउने विषयवस्तुमा पुर्ण रुपमा प्राविधिक ज्ञानको भण्डार देख्दछु ।
अझ विशेष गरी हामी इलेक्ट्रिसियनहरुका लागि सामान्य ज्ञान त विशिष्ट ज्ञानको फराकिलो आकास बन्दै हामीले काम गर्दै गर्दा आवश्यक पर्ने सीपको एक किताब बनिदिएको छ । यसैले यस साप्ताहिक पत्रिकालाई यस्ता ज्ञान मुलक विषय वस्तु अझ विशिष्ट रुपमा प्रस्तुत गर्नुहुनेछ भन्ने ठूलो अपेक्षा राख्दछु । 
 
प्रविधिसँगै अनलाईन संस्करणः
वर्तमान समयमा अनलाइन पत्रकारिता सञ्चारको दह्रो र लोकप्रिय माध्यम बन्दै गएको छ । पाठकहरुमा अनलाइनमा समाचार पढ्ने बानी बढिरहेको छ । पाठक सँगै अनलाइन पत्रिकाको पनि वृद्धि भईरहेको छ । नेपालमा पछिल्लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चारक्षेत्रलाई धेरै माथि पुर्याएको छ । यसलाई प्रविधिको नयाँ मिडियाका रुपमा मान्यता पनि दिइँदैछ ।
जसअनुरुप विद्युत संसार साप्ताहिकले पनि विगत लामो समय देखि आफुलाई डिजिटलमा समेत पु¥याएको छ । छापा माध्यम सबै पाठकको पहुँचमा पुग्न नसकेको अवस्थामा ऊर्जा संग सम्बन्धि भएर नै अनलाईन संस्करणको रुपमा धधध।दष्मजगतकबलकबच।अयm हामी बीच आएको छ । हाम्रा लागी यो विषय अझ गौरवको विषय हो यसमा विद्युत संसार धन्यवादको पात्र बनेको छ ।
अझै निर्भिकताका साथ अझै अनुसन्धानमुखी, अझै वस्तुनिष्ठ र थप स्थलगत रिपोर्टिङका लागि विद्युत संसारलाई शुभकामना व्यक्त गर्न चाहन्छु ।
 
धन्यवादका पात्र विद्युत संसार
नयाँ वर्ष २०७८ को पुर्वसन्ध्यामा ‘विद्युत संसार’ पनि छैठौँ वर्षमा प्रवेश गरेको छ । पत्रिकाबाट ऊर्जा क्षेत्रको एक विशिष्टकृत बनाउन सफल भएकोमा विद्युत संसार धन्यवादको पात्र हो । विद्युत संसारको यस यात्रामा सामेल हुनुभएका सम्पूर्ण पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकमा मेरो स्नेह र हौसला सहितको कृतज्ञ व्यक्त गर्दछु ।
विद्युत संसार केन्द्रमुखी छैन भन्ने स्पष्ट हुदाँहुदै विश्वमहामारी अगाडि १५ जिल्ला सम्म पुगेको पत्रिका महामारीका कारण केही खुम्चिन पुगेपनि पुनः पुरानै जगमा फर्किएर केन्द्रबाहिरका पाठकहरुका लागि पनि सहज रुपमा उपलब्ध होस् भन्ने ठूलो अपेक्षा लिएको छु  । यसले कोरोनापछि पनि सुन्दर संसार छ भन्ने सन्देश दिनेछ भन्ने जानेछ । अन्तमा विद्युत संसारलाई छैठौ वर्ष लागेको जन्मोत्सवको हार्दिक शुभकामना सहित, सबैको संकल्प साकार होस् भनि सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गर्न चाहान्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 15 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 20 hours ago