भर्खरै

कोरोना महामारीको बीचमा पुुन हाउस वायरीङ्ग केबुुलको मुल्यवृद्धि

  • प्रकाशित मिति : बिही, बैशाख १६, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १६ बैशाख । केबुल उद्योगीहरुको साझा संस्था निमाले कोरोना भाइरस कोभिड १९को महामारी विच पनि हाउसवायरीङ्ग तारको मुल्य बढाएको छ । 
गत माघ महिनामा १० प्रतिशतले वृद्धि गराएको निमाले तीन महिना कै अन्तरालमा आज उपत्यकामा निषेधाज्ञा सुरु भएको दिन देखि लागुहुने गरी पुन मुल्यवृद्धि गराएको हो ।
कोरोनाका कारण विद्युतीय व्यवसाय धरासायी बन्दै गईरहेको बेला व्यवसायीहरु लाई थप मार पर्ने गरी निमाले पुुन बुुधबारदेखि हाउस वायरीङ्ग केबुलको मूूल्यवृद्धि गरेको छ ।  
 गत मंसिरदेखि बैशाख सम्म निमाले तीन पटक सम्म केबुलको मुल्यवृद्धि गराएको छ ।
 
अन्र्तराष्ट्रिय बजारमा कपर, प्लाष्टिक तथा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै हाउस वायरिङ्ग तारको मूल्यमा वृद्धि गर्नुपरेको निमामा आवद्ध व्यवसायीले हामीसँगको कुराकानीमा बताए । 
निमाले यसभन्दा पहिले मंसिर १० देखि लागु हुने गरी  १५ प्रतिशत र गत माघ महिनामा १० प्रतिशतले मूूल्यवृद्धि गराएको थियो । मूल्य बढाएको तीन महिना कै अन्तरालमा पुन हिजो १५ गते देखि लागु हुने गरी केबुलको साइज अनुसार मूूल्यवृद्धि भएकोे छ । 
 
करिब १८ प्रतिशत देखि २६ प्रतिशतसम्म मुल्यवृद्धि भएको छ । महामारीका बीचमा पनि तारको मुल्यवृद्धि भएको प्रति विद्युतीय व्यवसायीले असन्तुष्टि जनाएकोे छ । विभिन्न कारण देखाउँदै निमाले हाउस वायरीङ्ग तारको मुल्यवृद्धि गराउँदै आएपनि केही व्यवसायी व्यवसायी बीच नै भिन्नमत देखिदै आएको छ । अधिकांश व्यवसायीहरुले कपरको मूल्य बढेको समयमा केबुलको मूल्य बढाएपनि मूल्य घट्दा केबुलको मूल्य नघटाउने गरेको प्रति व्यवसायीहरुले उद्योगीहरुप्रति  गुनासो गरेका छन् ।   
 
 


प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago