भर्खरै

आगामी ३ वर्षमा पुन दोस्रो मेलम्ची ल्याउँछौं : प्रधानमन्त्री

  • प्रकाशित मिति : शनि, चैत २१, २०७७
  • - प्रदिप श्रेष्ठ
title
काठमाडौं, चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ वर्षभित्र उपत्यकामा पुन दोस्रो मेलम्ची ल्याउने बताएका छन् । आज शुक्रबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक समुद्घाटन भएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 
 
कार्यक्रमको सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी पनि मेलम्चीमा मिसाएर काठमाडौंमा ल्याउने बताएका छन् ।
मेलम्चीको सुरुङ बनिसकेकाले सोही सुरुङमार्फत याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको बताउँदै प्रधानमन्त्रीले ओलीले भने ’प्राविधिक रुपमा कति समय लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन,’ त्यसैले तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिए । बसौंदेखिको उपत्यकाबासीको मेलम्चीको पानी ल्याउने इच्छा पुरा भएको भन्दै यो एउटा ऐतिहासिक सफलतासँगै खानेपानीको नयाँ युगमा प्रवेश भएको प्रधानमन्त्रीको भनाईको थियो । 
 
उपभोक्ताले उपभोग नगरेको सेवाबाट पनि सेवा शुल्कसँगै जरिवाना समेत लिइरहेको काठमाडौं उपत्यकका मेयर विद्या सुन्दर शाक्यल उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले उपभोग नगरेको सेवाबाट शुल्क असुल्नु गलत रहेको बताउँदै यसको तत्काल नै अन्त्य गर्नुपर्ने बताए ।  
 
साथै उनले कार्यक्रममा फरक प्रसंगमा प्रतिगमनकारी आफू नभएको र नबुझ्नेहरूले आरोप लगाएको पनि दाबी गरे । अब हरेक पुराना सिस्टमहरूको परिवर्तन गरेर नयाँ व्यवस्थासँगै काम गर्नुपर्नेे निर्देशन दिदैं अब मेलम्ची सफल भएको र पानी वितरण अनवरत हुने प्रधानमन्त्रीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago