फेरि बढयो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

  • प्रकाशित मिति : आइत, चैत २२, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 
 
आइतबार राति १२ बजेदेखि लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्यमा  दुई रुपैंयाले मूल्य बढाएको हो । 
निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको छ ।
 
नयाँ मूल्य सुूचि अनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्ने निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत नै राखेको छ । निगमले पछिल्लो समय इण्डियन आयल कर्पोरेसनबाट १६ मार्च २०२१ मा प्राप्त मूूल्य अनुसार चैत ३ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । 
 
निगमले पेट्रोलियम पदार्थको मूल्य पटक पटक मूल्य बढाईरहँदा विरोध भइरहे पनि तर मूल्य उकालोतिर लागिरहेको  छ । 
 

प्रतिक्रिया