भर्खरै

धमाधम लाइन काटेर बक्यौता उठाउँदै बागलुङ प्राधिकरण

  • प्रकाशित मिति : सोम, चैत २३, २०७७
  • - विद्युत संसार संवाददाता
title
बागलुङ, चैत । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विगत ३ महिनादेखि विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ ।
वितरण केन्द्रले विद्युत् महसुल समयमा बुझाउन बारम्बार ताकेता गर्दा पनि माघ देखि हालसम्म महशुल नबुझाएका २५० ग्राहकको लाइन काटेको हो ।  
 
वितरण केन्द्रका लेखा प्रमुख राम थापाका अनुसार विद्युत महशुल नतिर्ने ग्राहकहरु ग्राहकहरुमा ग्राहस्थ, उद्योग, अस्पताल तथा सामाजिक संघ संस्थाहरुबाट रु. १५ लाख रकम बक्यौता असुल गरिएको बताए । उनले भने वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटेर बक्यौता असुल्ने अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियान अन्तर्गत रहेर नै ती ग्राहकहरुको लाइन काटेको हो । 
 
लाइन काटिएका मध्ये सबै ग्राहकले महशुल बुझाएपछि ग्राहकहरुको विद्युत पुन जडान गरी सञ्चालनमा ल्याइएको लेखाप्रमुख थापाले बताए ।   
 
 मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । यसरी केन्द्रले धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ग्राहकले पनि महसुल बुझाएको वितरण केन्द्रले जनाएका छन् ।  
विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत् बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था रहेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago