भर्खरै

सिंगटी हाइड्रो इनर्जीको आइपिओ बाँडफाँड चैत २७ मा हुँदै

  • प्रकाशित मिति : सोम, चैत २३, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आगामी शुक्रबार (२७ चैत) हुने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता निष्कासन गरेको आईपीओको बाँडफाँट हुन लागेको हो । 
 
कमपनीले निष्कासन गरेको आईपीओमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ र बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।
 
धितोपत्र बिक्री प्रबन्धक रहेका मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार सिंगटी हाइड्रोको आईपीओको प्रि–अलटमेन्टको काम भइरहेको र यो छिटै नै सकेर आगामी शुक्रबारसम्म बाँडफाँट गर्ने योजना रहेको जनाएका छन् ।
 
यो आईपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ । ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँ बराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको जनाएको छ । यो हिसाबले यो आईपीओमा मागभन्दा ९.०९ गुणा बढी हो । सिंगटी हाइड्रोको आईपिओमा १३ लाख बढीको हात रित्तो हुनेछ भने गोलाप्रथाबाट २ लाख ६९ हजार ७ सय जनाले मात्र आईपीओ पाउने छन् ।
 
नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । 

प्रतिक्रिया