भर्खरै

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

  • प्रकाशित मिति : सोम, चैत २३, २०७७
  • - विद्युत संसार संवाददाता
title

चैत, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी बढाएको पेट्रोलियम पदार्थको विरोध गर्दै आयल निगम घेराउ गरेको हो । 
 
पछिल्लो समय लगातार रुपमा मूल्यवृद्धि भएर हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय २०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।
लगातार रुपमा मुल्यवृद्धि भएपछि माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन पछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझाएपछि प्रतिकृया दिदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताए । यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियुले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago