भर्खरै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चार महिनाको अवधिमा २०,२५५ लाभग्राही थपिए

  • प्रकाशित मिति : बिही, चैत २६, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं चैत । पुनर्निर्माण प्राधिकरणको आ.व. ०७७÷७८ को मंसिर १ गतेदेखि फागुन मसान्तसम्म दोस्रो चौमासिक प्रगतिको समीक्षामा यी चार महिनाको अवधिमा २०,२५५ लाभग्राही थपिएका छन् । 
चैतको दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरु सहित चार महिनामा भएका कार्य, भौतिक तथा वित्तीय प्रगतिको समीक्षा गरिएको थियो ।
 
यी चार महिनामा थप १८,६२७ लाभग्राही ले अनुदान सम्झौता गरेका छन् । त्यस्तै, २२,५८९ लाभग्राहीले पहिलो, १८,६४९ ले दोस्रो र २९,३४९ ले तेस्रो किस्ता लिएका छन् । थप ३६,०५० घरहरू पुनर्निर्माण भएका छन् भने २८,८७२ घरहरुको पुनर्निर्माण सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
 
सार्वजनिक संस्थाहरुको प्रगति
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का अनुसार विद्यालयतर्फ यो अवधिमा १६१ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भई कुल पुनर्निर्माण हुने विद्यालयको संख्या ६२४६ पुगेको छ । कक्षाकोठातर्फ ३,०४२ थपिएर कुल ३४,२६७ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ले जनाएको छ ।
स्वास्थ्यतर्फ दोस्रो चौमासिक मा निर्माणाधीन ९० स्वास्थ्य भवनको ७५ प्रतिशत कार्य सम्पन्न भएको छ भने साउदी कोषको सहायताबाट १३ वटा स्वास्थ्य संस्था भवनका पुनर्निर्माण सुरु भएको छ ।
नेपाल सरकार स्रोतबाट संचालन हुने २०० वटा स्वास्थ्य चौकीमध्ये १४० वटाको बहुवर्षीय गुरुयोजना स्वीकृत भइ सूचना तथा बोलपत्र प्रकाशनको तयारी भएको छ ।  
त्यस्तै, भारतीय अनुदान सहायताबाट पुनर्निर्माण हुने १४७ वटा स्वास्थ्य भवनमध्ये ३३ वटाको बोलपत्र मूल्यांकन भैरहेको र १२१ वटाको भारतीय दूतावासबाट सहमति प्राप्त भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले जनाएको छ ।  
 
४९० पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न
त्यसैगरी, यसबीचमा थप २५ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भई पुनर्निर्माण सम्पन्न भएका सम्पदाको संख्या ४९० पुगेको छ । २९४ गुम्बाको मर्मत संभार भएको छ भने यसै चौमासिकमा एक सय वर्ष पुराना तथा दुई हजार बर्गफिटभन्दा बढी प्लिन्थ एरिया भएका ३८ गुम्बाहरुका साथै अन्य गुम्बाहरुको डिपिआर, डिजाइन र खरिद कार्य भइरहेको छ ।
 
२३ वटा सरकारी भवन पुनर्निर्माण जारी
सरकारी भवनतर्फ यसबीचमा पुनर्निर्माण भइरहेका २३ वटा सरकारी भवनको ५५ प्रतिशत कार्यसम्पन्न भएकोमा हाल ८५ प्रतिशत कार्य सम्पन्न भएको । केही ठूला सरकारी भवनहरुको प्रवलीकरणको कार्य पनि भैरहेको छ ।

प्रतिक्रिया