भर्खरै

विद्युतीय क्षेत्रमा Jaquar लाइटिङ्ग

  • प्रकाशित मिति : बुध, चैत २५, २०७७
  • - शिखर श्रेष्ठ
title

‘भानी इन्टरप्राइजेज्’ Jaquar  ब्राण्ड एक चर्चित नाम हो । जसले विगत १५ वर्षदेखि भारतीय Jaquar  ब्राण्डको प्लम्विङ क्षेत्रलाई समेटेर गुणस्तरीय सामग्रीहरु आयात गर्दै नेपालमा बिक्रि वितरण गरेको छ । लामो समय देखि प्लम्विङ क्षेत्रका सामग्रीहरु बजारमा पु¥याएर ठूलो सफलता हातपारेको यस कम्पनीले विगत तीन वर्ष देखि Jaquar  ब्राण्डको उच्च गुणस्तरीय मापदण्डका विद्युतीय लाइटिङ्गका सामग्रीहरु बजारमा ल्याएको छ । Jaquar  उच्च गुणस्तरीय मापदण्ड र विश्व–स्तरीय उत्पादनहरू प्रदान गर्ने उद्देश्यले निर्माण भएको भारतीय ब्राण्ड हो जुन भारतको सबैभन्दा विश्वसनीय ब्राण्डमा परिचित छ ।
यस ब्राण्डले युरोप, मध्यपूर्व, अफ्रिका र दक्षिण पूर्वी देशहरूमा आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति जनाइसकेको अवस्था छ । यसैबीच नेपालको विद्युतीय बजारमा भानी इन्टरप्राइजेजले Jaquar का विद्युतीय सामग्रीहरु आयात र बिक्रि वितरण गर्दै गर्दा विद्युतीय क्षेत्रका सामग्रीको गुणस्तरीयताको एक उचाइमा पुगेको छ । 
प्लम्विङ्ग क्षेत्रमा Jaquar ब्राण्डका सामग्रीहरुको उच्च सफलता पश्चात् भानी इन्टरप्राइजेजले नै लाइटिङ्ग क्षेत्र अन्तर्गत विद्युतीय सामग्री नेपाली बजारमा ल्याएको हो । हालको अवस्थामा Jaquar  ब्राण्ड नेपालको पूर्व देखि पश्चिम सम्म फैलिएको मात्र होईन नेपालको विद्युतीय बजारको ५० प्रतिशत क्षेत्र ओगट्न सफल भएको छ । 
भित्री घरदेखि बाहिरी सजावटका विद्युतीय लाइटि·का सामग्रीसम्म आधुनिक टेक्नोलोजी, उत्कृष्ठता, टिकाउपन र उच्च गुणस्तरका उत्पादन Jaquar  हो । 
 
 
एलईडी बल्ब, ट्युबलाइट, झूमर, ल्यान्डस्केप प्रकाश हो वा ट्र्याक लाइटहरू समेत रहेको छ ।
अत्याधिक प्रतिस्पर्धी एलईडीहरु ऊर्जा खपतमा कम, गुणस्तरीयता, उत्कृष्ठ डिजाइन, उच्च / कम भोल्टेज तापमानको खराब अवस्थाको लागि पनि डिजाइन गरिएको छ । प्रत्येक उत्पादन भारतीय र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन भएकाले नेपाली विद्युतीय बजारमा पनि यसको माग उच्च रहेको छ ।
 
घर सजावटमा Jaquar  का झूमर
घरको लागि केहि उत्तम र सुन्दर प्रकाश समाधानहरूको खोजी गर्दै हुनुहुन्छ ? यदि हो भने Jaquar का झूमर तपाईंको लागि उत्तम छनौट हो ।
 
 
 
 
घरको सजावटका लागि आकर्षक झूमर छतको बत्तीहरू देखि न्यूनतम झुण्ड्याउने उत्कृष्ट झूमर बजारमा उपलब्ध छन् । बजारमा उपलब्ध भएका विभिन्न ब्राण्डका झूमर भन्दा Jaquar  का झूमर केही मह“गो भएता पनि Jaquar  झूमर सबैभन्दा आकर्षक विविधता भएको स्वयम् व्यवसायी र उपभोक्ताको भनाई छ ।
Jaquar  लाईट देखि झूमर सम्म मूल्यहरूको विविधता छ जुन डिजाइन अनुसार फरक हुन्छ । टायर्ड मैनबत्ती झुण्ड्याउने देखि लुकाइने लाइट झूमर, भित्ते बत्तीसम्म, विभिन्न डिजाईन र मुल्यमा बजारमा उपलब्ध छन् ।
उत्कृष्ट डिजाइन गरिएको झूमर सजावटका लागि अति असाधारण र चम्किलो हुन्छन् । स्टाइलिश झूमरले तपाईंको कोठालाई चमकदार प्रकाश र उत्तम डिजाइनका साथ तुरुन्तै उज्यालो दिई आफैंलाई आकर्षक बनाउ“दछ । झुमरका डिजाईन कन्सट्यान्सीले पनि राम्रो बनाउ“छ र वातावरण अनुकुल समेत रहेको छ ।
हाल नेपाली विद्युतीय बजारमा Jaquar का झुमरहरु ३० हजार रुपैंया देखि डेढ करोड रुपैंया सम्मका उपलब्ध छन् । हरेक झूमरहरु लाई दुई वर्ष अवधिसम्म बिग्रिएको खण्डमा पुन नया““ झुमर नै दिने गरिन्छ ।  
 
होम लाइट
होम लाइट मात्र उज्यालोका लागि मात्र प्रयोगमा आउ“दैन आफ्नो घरलाई कसरी सजावट गर्ने भन्नेमा पनि होम लाइटले ठूलो भुमिका खेल्दछ । 
होम लाईटमा लगानी गर्दा घर सुन्दर मात्र हु“दैन जसले तपाईंको ठाउ“को उज्यालोस“गै मूड लाइटिङ्ग· समाधानको रूपमा पनि काम गर्दछ जुन आजको तनाव पूर्ण जीवनमा एक सही लगानी हो जसकारण सबैभन्दा राम्रो एलईडी हाउस लाइटहरूमा Jaquar ले एउटा विश्वास जितेको छ ।
घरका लागि केहि डिजाइनर बत्तीहरू वा फ्रन्ट होम लाइटहरूले तपाईं आरामदायी प्रकाश र तपाईंको घरको सुन्दरता अनुभव गर्न सक्नुहुनेछ 
यदि तपाईं रातमा केही मधु“रो प्रकाशमा आराम गर्न चाहनुहुन्छ र आफ्नो परिवार वा तपाईंको विशेष व्यक्तिहरूस“ग राम्रो समय बिताउन चाहनुहुन्छ भने तपाईं सजिलैस“ग त्यसो गर्न सक्नुहुनेछ किनभने Jaquar   लाइटिङ्गद्वारा बनाइएको सुन्दर घर बत्तीहरू तपाईंको विशेष क्षणहरूको लागि उत्तम समाधान हो । होम लाइट्सले तपाईंको सम्पूर्ण जीवनको लागि आरामदायी अनुभव अवसर दिनेछ ।
Jaquar  का होमलाईटहरुमा सडक बत्तीका डिजाईनहरु, एलईडी बत्तीहरू, एलईडी स्ट्रिप लाइटहरू, एलईडी स्पटलाइटहरू, एलईडी प्यानल, एलईडी डाउन लाइटहरू, एलईडी बाटन्स लाइटहरू छन् जुन विभिन्न रेन्जमा पाइन्छ । 
 
आउटडोर लाइटः
यी बाहिरी सजावटी बत्तीहरूको न्यूनतम तर उत्कृष्ट डिजाइनले तपाईंको घरको बाहिरी रूपलाई पुनर्निर्माण गर्दछ । यी उत्कृष्ट गुणस्तर र आउटडोर सजावटी बत्तीहरू Jaquar  लाइटिङ्गले कलात्मक अभिव्यक्ति दिन्छ । आउटडोर सजावटी बत्तीहरूको साथ आफ्नो स्थानहरू उज्यालोमा उत्सवको वातावरण सिर्जना गर्दछ । Jaquar को उत्पादनहरु फरक–फरक साइज र मूल्यमा उपलब्ध छन् ।
आउटडोर लाइटमा अटो सेन्सर लाइटहरू जुन तपाईलाई कुनै पनि प्रकारको अपराधबाट सुरक्षित बनाउन मदत गर्दछ ।
 एलईडी ल्याण्डस्केप लाइटले बगैंचाको वातावरणलाई आनन्दमुलक बनाउनमा सहयोग गर्दछ । जसकारण रातमा केही विशेष क्षणहरू बिताउन लायक बनाउँनेछ । आउटडोरमा यस ब्राण्डको उत्पादनहरुमा प्रोजेक्टर लाइट, बोलार्ड लाइट, ग्राउण्ड दफन लाइट, वाल सेक्सन लाइट, ध्रुव लाइट, गेट शीर्ष लाइटहरु रहेका छन् । 
 
 
Jaquar  नै किन ?
Jaquar  ब्राण्ड यस्तो ब्राण्ड हो जसले विद्युतीय क्षेत्रमो युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिण पूर्वी देशहरूमा आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति जनाइसकेको अवस्था छ । जसले गुणस्तरीयताको एक पहिचान हो । 
Jaquar  का कुनै पनि सामग्री ऊर्जा बचतमा एक सक्षम ब्राण्ड हो । जुन अन्य सामग्री भन्दा लामो समय टिक्छ । यस ब्राण्डका कुनै पनि सामग्री दुई वर्ष वारेन्टीको हुनेछ यसमा मेन्टिनेस्स फ्रि समेत छ भने कुनै UV/IR  रेडियानियन हुदैन, यसले उच्च क्षमता बोकेको हुन्छ । अन्य विद्युतीय सामग्रीहरु जस्तो केही समयमा नै आफनो क्षमतामा कमि आउने सम्भावना हुदैन । Jaquar  लाइटिङ्गमा एउटा यस्तो प्रविधि समेत जडान भएको छ जसमा न्यूनतम ५० भोल्ट देखि अधिकत्तम ३५० भोल्टेज सम्म पनि यस ब्राण्डका लाइटिङ्गले काम गरिरहेको हुन्छ, जुन अरु ब्राण्डका लाइटिङ्गहरुमा छैन । 
 

प्रतिक्रिया