भर्खरै

अप्पर सोलुले ३३ लाख ७ हजार भन्दा बढी शेयर निष्कासन गर्ने

  • प्रकाशित मिति : बिही, चैत २६, २०७७
  • - Admin
title

काठमाडौं, चैत । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुको सोलु खोलामा निर्माण भएको २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको ३३ करोड ७० लाख ५० हजार रुपैयाँ मूल्यको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
 
कम्पनीले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट अनुमति मिलेपछि प्रतिकित्ता सय रुपैयाँ अंकित सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।
 
निष्कासन हुने सेयरमध्ये १३ करोड ५० लाख मूल्यको १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी १९ लाख ५७ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
पहिलो चरणमा स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।  कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले निर्माण सम्पन्न गरेको आयोजना नर्माण सम्पन्न भइ सञ्चालनमा छ । आयोजना १ वर्ष अघि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन पूरा नहुँदा आयोजना पूर्ण क्षमतामा चल्न सकेको छैन ।
अहिले यो आयोजना ३३ केभी ओखलढुंगा–बुईपा–सल्लेरी प्रसारण लाइनमा वैकल्पिक रुपमा प्रवाह गरिएको छ । सोलु कोरिडोर सञ्चालनमा आएपछि यो आयोजनाको विद्युत यही प्रसारण लाइनमा प्रवाह गरिनेछ । ऊर्जा खबर

प्रतिक्रिया