सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १२ लाख ९० हजार भन्दा बढीको हात खाली

  • प्रकाशित मिति : शुक्र, चैत २७, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ ,चैत । सिंगटी हाइड्रोपावरको कम्पनीले खुल्ला गरेको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा आज बाँडफाँट भएको हो ।
 
कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
 
योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनी शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले वितरण गरेको हो ।
 
त्यस अनुसार योग्य आवेदकबाट १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएका छन् ।
 
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।
 
सर्वसाधारणले  http://singatihydro.com/ https://megacapitalmarkets.com/,
 https://meroshare.cdsc.com.np/#/login   https://iporesult.cdsc.com.np/   मा गएर नतिजा हेर्न सकिने छ । 

प्रतिक्रिया