भर्खरै

सबस्टेशन अन्तिम चरणमा, लाइन विस्तार गर्न १५ हजार रुख काट्नुपर्ने

  • प्रकाशित मिति : आइत, चैत २९, २०७७
  • - गोपी ज्ञवाली
title

नवलपरासी, चैत २९ गते । नेपाल सरकारको लगानी बन्न लागेको न्यु बुटवल बर्दघाट २२० केवि प्रसारण लाइनको क्षेत्रमा स्थानीय सामुदायिक बनका १५ हजार रुख काटिने भएका छन ।
पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन २२० केवि प्रसारण लाईनको सबस्टेशनको निर्माणको काम अन्तिम चरणमा पुगेको र दोस्रो चरणमा बडेरादेखि बर्दघाटसम्मको विद्युत् प्रसारण लाइन विस्तारका लागि विद्युत लाइन विस्तार हुने क्षेत्रमा ठूलो संख्यामा रुख काटिने भएको न्यु बुटवल बर्दघाट २२० केभी प्रसारण लाइन एवं सबस्टेशन परियोजनाका सूचना अधिकृत अशोक पोखरेलले बताउनुभयो ।
पोखरेलका अनुसार सुनवल नगरपालिकाको वार्ड नम्बर १२ बडेरामा निर्माण अन्तिम चरणमा पुगेको न्यु बुटवल बर्दघाट २२० केभी प्रसारण लाइनको सबस्टेशनबाट विद्युत लाइन बर्दघाटको विद्युत केन्द्रसम्म पुर्याउन पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको चुरे पहाडको फेदीबाट प्रसारण लाइन लगिने गरी योजना बनाइएको छ । यो प्रसारण लाइन लैजाने क्षेत्रमा अधिकांश सामुदायिक बन रहेको र सो क्षेत्रबाट १५ हजार ठूला रुख काटिने भएको हो ।
यो प्रसारण लाइन सुनवल नगरपालिकाको बर्दगोरिया, सरावल गाउँपालिकाको वार्ड नम्बर १, २, वर्दघाट नगरपालिकाको वार्ड नम्बर २, ४, ५, एवं १० हुदै बर्दघाटको विद्युतमा पुग्ने गरि योजना पास भएको बताईएको छ ।
यो प्रसारण लाइन विस्तार गरिने क्षेत्रमा चिसापानी सामुदायिक बन, बडेरा सामुदायिक बन, बाबा बर्दगोरिया सामुदायिक बन, भगवती सामुदायिक बन, कोटईदेखि सामुदायिक बन, डम्बरभार सामुदायिक बन लगायतका सामुदायिक बन क्षेत्र पर्नेछ भने यी क्षेत्रबाट साना लाथ्राहरु छाडेर १५ हजार ठूला रुख काटनुपर्ने भएको बताइएको छ 
सुनवलदेखि बर्दघाट सबस्टेशन सम्मको २१ ्किलोमिटरको दूरी पार गरि प्रसारण लाइन बन्ने छ । प्रसारण लाइन विस्तारको क्षेत्रमा कटान गर्नुपर्ने रुखको गणना सकिएको छ । यो प्रसारण लाइन नेपाल सरकारको करिब ६५ करोड रुपियाँको लगानीमा बन्न लागेको बताइएको छ ।
यो प्रसारण लाइन परियोजनाको निर्माणको ठेक्का पावर चाईना सेप्को वान ईलेिक्ट्रक पावर कन्सट्रक्सन कम्पनीले पाएको छ । यो परियोजना आर्थिक वर्ष २०७८÷७९ भित्र निर्माणकार्य सकिने गरि सम्झौता भएको बताइएको छ । सुनवलदेखि बर्दघाट सबस्टेशन सम्मको २१ किलोमिटरको दूरी पार गरी बन्न लागेको प्रसारण लाइनमा ६० वटा टावर बन्नेछन् ।
यो सबस्टेशन एवं प्रसारण लाइन बनिसकेपछि कालिडण्डकी बेसिनबाट आउने विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिदा नवलपरासी, बुटवल भैरहवा लगायतका क्षेत्रमा विद्युत् प्रसारणको काम सहज हुनेछ । औधोगिक क्षेत्रको रुपमा विकास भइरहेको पश्चिम नवलपरासीको भुमहीदेखि बाईपास रोड हुँदै भैरहवासम्मको क्षेत्रमा उद्योग प्रयोजनको विद्युत कम क्षमताको रहेका कारण उद्योगको संचालनमा समस्या भइरहेको अवस्थामा यो समस्या यो परियोजनाले समाधान गर्ने बताइएको छ । गोरखापत्र दैनिक

प्रतिक्रिया