भर्खरै

२२ मेगावाटको माथिल्लो चाकुको विद्युत प्रसारण लाइनमा जोडियो

  • प्रकाशित मिति : सोम, चैत ३०, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले व्यावसायिक रुपमा उत्पादन थाल्ने भएको छ ।
निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेड (SSHL) द्वारा निर्माण भएको माथिल्लो चाकु ‘ए’ को उत्पादित विद्युत् गत मंगलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । 
आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुका अनुसार व्यापारिक उत्पादन शुरु गरिएको यो आयोजनाको प्रतिमेगावाट २२ करोड रुपैयाँ लगानी भएको छ । 
आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर ३ दशमलव ५ देखि चार मेगावाटसम्म विद्युत् उत्पादन हुने र पानीको बहाब बढेसँगै उत्पादन पनि बढ्दै जाने उनको भनाई छ । नेपाली प्राविधिकद्वारा डिजाइन गरिएको यस आयोजनाको हेड ८१५ मिटर रहेको छ ।
 
फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्ग तीन हजार ३०० मिटर रहेको छ । अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइनमार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि वि.सं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ ।
 
उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६ मेगावाटका अपर बलेफी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक कसजुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 15 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 20 hours ago