भर्खरै

प्राकृतिक ग्यासमा आधारित मल कारखाना खोल्न उचितः अध्ययन प्रतिवेदन, निराधार प्रतिवेदनबाट सरकार भ्रममा नपरोस्ः विज्ञ

  • प्रकाशित मिति : बुध, बैशाख १, २०७८
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं, बैशाख । सरकारले स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य सुरु गरिरहेको छ । कृषि प्रधान देश नेपालमा रासायनिक मल कारखानाको स्थापना कहिले होला ? यो प्रश्न विगत ५० वर्षदेखि  चर्चामा छ । यसबारे सरकारले पटक–पटक टोली गठन गरेर ठूलो रकम खर्च गर्ने र अध्ययन प्रतिवेदन थन्क्याउने गर्दै आएको छ ।  
 
विश्वमा प्रचलन रहेका प्रविधि वा तरिकामा प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलाईसिस र हाइब्रिड मध्येबाट नेपालका लागि कुन उपयुक्त हुन्छ भन्नेमा नै सरकार अन्योलमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १२ गते कृषि तथा पशुपन्छी मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपालमै मल कारखाना खोल्ने जानकारी दिँदै विद्युतबाट मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको बताएका थिए । तर रासायनिक मल कारखाना स्थापनाका लागि सरकारले संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहितको  प्रारम्भिक अध्ययन समितिले नेपालमा प्राकृतिक ग्यासबाट नै रासायनिक मल कारखाना उपयुक्त हुने निचोड निकालिएको छ । 
 
प्रधानमन्त्री ओलीले विद्युतबाट मल कारखाना स्थापना गर्दा महँगो परेपनि मल कारखाना प्रोजेक्टलाई नै डेडिकेटेड गरेर सञ्चालन गर्ने बताउँदै आइरहेका बेलामा प्रधानमन्त्रीको भनाइको ठीक विपरित अध्ययन समितिले वाटर इलेक्ट्रोलाइसिस प्रविधिमा जाँदा लगानी धेरै, मुनाफादर न्यून र लगानीकर्तालाई आकर्षण गर्न कठिन रहेको भन्दै यो प्रविधिलाई अनुपयुक्त रहेको प्रतिवेदन सार्वजनिक गरेका छन् । प्रतिवेदनमा ग्यासमा आधारित कारखाना निर्माण र सञ्चालन गर्न आवश्यक मुख्य कच्चा पदार्थ प्राकृतिक ग्यास आपूर्तिलाई नियमित गर्न पाइपलाइन जडान गर्ने र यसका लागि भारतलाई अनुरोध गर्नुका साथै आवश्यक परेमा भारतीय आयल कर्पोरेसनलाई पनि यसमा लगानी गर्न आग्रह गर्न सकिने उल्लेख गरिएको छ ।
 
विज्ञहरुको असहमति
रासायनिक मल कारखाना स्थापना अध्ययन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा असहमति जनाएका छन् । आफ्नै देशमा भएको स्रोत र साधनलाई प्रयोग नगरी आयातमा नै निर्भर भएर मल कारखाना स्थापना गर्न सरकारलाई सुझाव दिएको भन्दै ऊर्जा विज्ञहरुले असन्तुष्टि जनाएका हुन । 
सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) का अध्यक्ष ई. दिल्लीरत्न शाक्यले अध्ययन समितिले निकालेको अध्ययन प्रतिवेदन विस्तृत रुपमा अध्ययन नै नगरी हचुवाको भरमा निकालिएको बताए । उनले भने “मल कारखानाको स्थापनाका लागि नेपाली जलविद्युत नै पहिलो विकल्प हो, कच्चा पदार्थको लागि छिमेकी मुलुकको निर्भरता पर्नुपर्ने बाध्यता पनि नहुने, देशमा नै उत्पादन भएको बिजुलीको सदुपयोग हुने र धेरै जनसंख्याले स्वदेशमा नै रोजगारी पाउने हुँदा उत्तम विकल्प बिजुली नै रहेको  उनको भनाई छ । नेपालमा मल कारखाना खोल्ने विषयमा पहिलोपटक सन् १९८४ मा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले सम्भाव्यता अध्ययन पश्चात नेपालमा विद्युतबाट नै युरिया मल कारखाना स्थापना गर्न आवश्यक ऊर्जाका लागि २ सय मेगावाटको सप्तगण्डक परियोजना बनाइदिने प्रस्ताव समेत राखेको शाक्यको भनाई छ । त्यतिबेला नेपालमा लोडसेडिङ थियो । तर, त्यतिखेर जाइकाको सम्भाव्यता अध्ययन विस्तृत अध्ययन नगरी अध्ययन समितिले मल कारखाना स्थापना गर्न प्राकृतिक ग्यासबाट नै उत्तम विकल्प देख्नु देशका लागि नै घातक हुने अध्यक्ष शाक्यको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 13 hours ago