भर्खरै

रूरू जलविद्युतको आइपिओ बाँडफाँड भोली शुक्रबार

  • प्रकाशित मिति : बिही, बैशाख २, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २ बैशाख । रु रु जलुविद्युत परियोजनाको आइपीओ शुक्रबार (वैशाख ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यपिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । 
रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
 
रु रु को आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार२२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६१.६५ गुणा बढी हो ।
 
यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।
 
इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रु रु ले स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया