गर्मी सिजनका लागि सि.जि का आकर्षक फ्यानहरु

  • प्रकाशित मिति : बिही, बैशाख २, २०७८
  • - शिखर श्रेष्ठ
title

काठमाडौं २ बैशाख । गर्मी मौसमको आगमनसँगै उपभोक्ताहरुको पहिलो माग तथा रोजाईमा फ्यान पर्ने गर्दछ । यसैले इलेक्ट्रोनिक्स ब्राण्ड सि.जि ले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्र्याएको छ । 
फरक–फरक प्रकारका उपभोक्ताहरुलाई मध्यनजर गरी सि.जि ले फरक–फरक किसिमका फ्यानहरु बजारमा ल्याएको छ । फ्यानहरुमा सिंलिङ फ्यान, स्ट्याण्ड फ्यान, टेबुल फ्यान, वाल फ्यान, फराटा फ्यान  रिचार्जएवल फ्यान र एडजस्ट फ्यानहरु बजारमा ल्याइएको 
छ । 
कम्पनीका अनुसार हालसम्म सिलिङ फ्यान अन्तर्गत २० मोडलमा उपलब्ध छन् जसको विभिन्न मोडल, साइज र स्पीड अनुसार सिलिङ फ्यानको बजार मूल्य २,२८० देखि १२,५७० सम्म रहेका छन् । यी यानहरु विभिन्न आक्रर्षक कलर र डिजाइनहरुमा २४ इन्च देखि ४८ इन्च सम्मको साइजमा उपलब्ध छन् भने २ वर्षको वारेन्टी समेत रहेको छ । 
 
त्यस्तै सि.जि ब्राण्डले स्ट्याण्ड फ्यान अन्तर्गत रिमोट भएको र टाइमर भएको फराटा र रिर्चाजएवल सहित १३ वटा मोडलका फ्यानहरु बजारमा ल्याएको छ । जसमा फ्यानले धेरै हावा फाल्ने तथा धेरै मानिसहरु हुने उत्सव तथा समारोहको लागि फराटा फ्यान अति उपयुक्त हुन्छ भने रिचार्जएवल फ्यान बत्ती नभएको समयमा कम्तिमा ३ घण्टा सम्म प्रयोगमा ल्याउन सकिने भएको अति उपयुक्त रहेको छ । यी सबै स्ट्याण्ड फ्यानमा वारेन्टी समावेश गरिनुका साथै फ्यानको साइज र मोडल अनुसार बजार मूल्य ३२१० देखि ७२५० सम्म रहेको छ ।
 
त्यस्तै सि.जि को वाल फ्यान पनि रिमोट र विना रिमोट गरी चार मोडलमा पाउँन सकिन्छ । जसको बजार मूल्य ३३५० देखि ४४७० सम्म रहेको छ भने मूल्य रु.३९१० पर्ने टेबुल फ्यान एक मोडल मात्र पाउँन सकिन्छ । यी सबै फ्यानहरुले ५५ देखि ७५ वाट सम्म विद्युत खपत गर्ने गर्दछ ।
 
जसमध्ये सि.जि का सिंलिङ फ्यानमा Sparkle फ्यान र स्ट्याण्ड यानमा रिचार्जएवल फ्यानको विषयमा केही चर्चा गरिएको छ ।
 
सि.जि Sparkle सिंलिङ्ग फ्यानः
आकर्षक देखिने यी पंखाहरुमा नयाँ नयाँ विषेशताका साथै दुई किसिमको कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  Sparkle फ्यान जुन अति नै आकर्षक टेक्नोलोजीका साथ आफ्नो मुड अनुसार विभिन्न रंग लाइटहरु परिवर्तन गर्न सकिने छ । यस फ्यानको साथमा आएको रिमोटले विभिन्न आकर्षक रंग परिवर्तनसँगै पाँच चरणमा फ्यानको गतिलाई समेत परिवर्तन गरी गर्मी मौसमलाई चिसो महशुस गराउन सकिने छ । 
 
 
आफ्नो कोठालाई सजावटी प्यानलको रुपमा सि.जि का Sparkle फ्यान उपयुक्त छ ।  
अब तपाईंले सि.जि Sparkle  सिलिङ्ग फ्यानको खरिदमा २४ महिनाको वारेण्टी समेत पाउन सकिन्छ  । यी सिलिङ्ग फ्यानहरु ४८ इन्चमा उपलब्ध रहेका छन् । सि.जि Sparkle फ्यानका कलरहरुमा क्रियटेड रातो, हरियो र निलो कलरमा परिवर्तन गर्न सकिन्छ । जसको बजार मुल्य १२,५७० रहेको छ ।
 
रिचार्जएवल स्ट्याण्ड फ्यानः
सि.जि ब्राण्डले स्ट्याण्ड फ्यान अन्तर्गत १६ इन्च र २० इन्च स्ट्याण्ड फ्यानसँगसँगै फराटा फ्यान र रिर्चाजएवल फ्यानसहित १३ वटा मोडलका फ्यानहरु उपलब्ध छ । रिचार्जएवल फ्यान बत्ति नभएको समयमा पनि प्रयोगमा ल्याउन मिल्ने उपयुक्त र आकर्षक फ्यान हो भने रिचार्जएवल स्ट्याण्ड फ्यानमा सि.जिले Twister र Typhoon गरी दुई किसिमको बजारमा ल्याएको छ ।
Twister र Typhoon फ्यान उपभोक्ताको पहिलो रोजाईमा पर्ने गरेको छ । किनकी यस फ्यानका अत्याधिक विशेषताका कारण जो कोही उपभोक्ताको नजरमा पनि पर्ने गरेको छ । 
 
 
यस Twister फ्यानमा १५०० RPM  हाईस्पिड DC मोटर प्रयोग गरिएको छ भने Typhoon फ्यानमा १४५० RPM  हाईस्पिड DC मोटर प्रयोग गरिएको छ ।
Twister फ्यान र Typhoon फ्यान दुबै फ्यानमा ३ प्रकारका स्पीड कन्ट्रोल छन् । कम्पनीका अनुसार यी दुवै फ्यानलाई AC र DC दुवै अटोमेटिक चार्जरले सजिलै चार्ज गर्न सकिनुका साथै यसबाट मोबाइल समेत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । फ्यानमा पुरा चार्ज गरेर अधिकतम तीन घण्टा सम्म प्रयोगमा ल्याउने सकिन्छ । दुई कलरमा उपलब्ध Twister र Typhoon दुवै फ्यानको मोटरको १२ महिना वारेन्टी रहेको छ ।
 त्यस्तै सि.जि ले फराटा फ्यानमा पनि १६ र २० इन्च गरी दुई मोडेलमा ल्याएका छन् । यी दुई मोडेलको फ्यानहरुमा घुम्ने क्षमता १४०० RPM देखि २२०० RPM मा सम्म रहेको छ भने कम्पनीले १२ महिनाको वारेन्टी समेत दिएको छ । सि.जि ले देशभर नै यी फ्यानहरु बजारमा उपलब्ध गराएका छन् । 

प्रतिक्रिया