भर्खरै

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

  • प्रकाशित मिति : बुध, बैशाख ८, २०७८
  • - रासस
title
सिमकोट, ८ वैशाख । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । 
 
इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको छ । एडिएसएल सेवाको इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो एफएमलाई समेत समस्या बनाएको रेडियो कर्णाली आवाजका स्टेशन मेनेजर नवराज महताराले बताए । यस्तै इन्टरनेट सेवाले काम नगर्दा सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा समस्या बनाएको छ ।
 
कालीकोट जिल्लाको महाबुलेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आउँदा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय सिमकोटले जानकारी दिएको छ । उक्त क्षेत्रमा रहेको रिपिटर टावर मर्मत गर्ने कार्य जारी रहे पनि समस्या समाधान हुन नसकेको बताइएको छ । नमस्ते नेटवर्कको मोबाइल डाटाले काम गरे पनि एडिएसएल सेवाको इन्टरनेटले काम गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago