भर्खरै

पाँच पुल निर्माण हुँदै

  • प्रकाशित मिति : बिही, बैशाख ९, २०७८
  • - रासस
title
वीरगञ्ज, ९ वैशाख । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान गरी ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको कार्यालयका सूचना अधिकारी दीपक मिश्रले बताए । निर्माण हुने ती पाँचवटै पुलको प्राविधिक मूल्याङ्कन सकेर प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग स्वीकृतिको लागि फाइल पठाइएको र स्वीकृत भएर आएपछि वित्तीय मूल्याङ्कन गरी ठेकेदार छनोट गरिने सो कार्यालयले जनाएको छ ।
 
 निर्माण हुने ती पाँच पुलमध्ये रु १२ करोडको लागतमा पर्साको र विदास–वञ्जारी जोड्ने सिकटा खोलामा निर्माण हुनेछन् । सो पुलको लम्वाइ ५० मिटर र चौडाई सात मिटर छ । मसियानी जगरनाथपुरको मध्यभागमा मधुवाहा खोलामा रु आठ करोडको लागतमा ४० मिटर लम्बाइ र सात मिटर चौडाइको सो पुल निर्माण हुनेछन् । बाराको कलैया–प्रस्टोका सडकखण्ड अन्तर्गत रु साँढे ६ करोडको लागतमा संसारी माई खोलामा पुल बन्ने छन् । जसको लम्बाइ २५ मिटर र चौडाइ सात मिटर रहेको छ ।
 
यसैगरी बाराको टियर खोलामा रु आठ करोडको लागतमा पुल निर्माण हुनेछन् । इटहरी बेलाही सडक खण्डमा निर्माण हुने सो पुलको लम्बाइ ५० मिटर र चौडाइ सात मिटर हुनेछन् ।  बारागढी–टेढाकट्टी सडक खण्डको चिउटाहा खोलामा रु आठ करोडको लागतमा अर्को पुल बन्ने छन् । सो पुलको लम्बाइ ४० मिटर र चौडाई सात मिटर रहने छन् । बारा र पर्सामा निर्माण हुने सो पाँचवटा पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाउन रु दुई करोड निकासा भइसकेको र सो पुल निर्माणको ठेक्का साकार भइसकेपछि बाँकी बजेट प्रदेश नं २ सरकारले पठाउने कार्यालयले जनाएको छ । पर्सा र बारामा बन्न लागेको सो पुलको निर्माण भएपछि त्यस भेगका मानिसलाई आवतजावत गर्न सहज हुने विश्वास लिइएको छ ।    

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago