ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

  • प्रकाशित मिति : मंगल, बैशाख १४, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, बैशाख । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 
 
केही दिनदेखि मन्त्री रायमाझीलाई कोरोनाको लक्षण देखिएपछि सोमबार उनले स्वाब परिक्षणको लागि दिएको थियो ।  
 
 सोमबार गरिएको परीक्षणबाट कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको हो । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् । स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ । 
 
संक्रमणअघि उनी क–कसको सम्पर्कमा रहेका थिए भन्नेबारे हालसम्म खुलेको छैन ।

प्रतिक्रिया