भर्खरै

भोलिबाट लागु हुने निषेधाज्ञामा पत्रकारले सम्बन्धित सञ्चारगृहकै परिचयपत्र बोकेर हिँड्न पाइने

  • प्रकाशित मिति : बुध, बैशाख १५, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, बैशाख । भोलि बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञामा पत्रकारहरुले आफ्नो  सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समाचार संकलन गर्न आवतजावत गर्न दिइने भएको छ ।  
 
अत्यावश्यक सेवाका रुपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सूचना विभागबाट जारी परिचयपत्रबाहेक पनि सञ्चारगृहबाट जारी परिचयपत्र बोकेमा आवागमनमा रोकटोक नगरिने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । 
प्रमुख अधिकारीका अनुसार ‘निषेधाज्ञाका बेला फिल्डमा खटिने सुरक्षाकर्मीलाई अवगत गराइएको जनाउँदै कामबिना अनावश्यक ओहोरदोहोर नगर्न पनि सुझाव दिएको उनको भनाई छ ।
 
भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले मिडिया हाउसको परिचयपत्र बोकेका सञ्चारकर्मी र कर्मचारीलाई सहज आवागमन गर्न दिन निर्देशन दिएको बताए । उनले फिल्डमा केही समस्या आइपरे जिल्ला प्रशासन कार्यालय र नजिकैको प्रहरी कार्यालयमा समन्वय गर्नसमेत सञ्चारकर्मीलाई अनुरोध गरे ।
 
सोमबार उपत्यकाका तीनवटै प्रशासनले निषेधाज्ञामा सूचना विभागबाट जारी प्रेस पासवाहकलाई आवागमन गर्न दिने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago