भोलिबाट लागु हुने निषेधाज्ञामा पत्रकारले सम्बन्धित सञ्चारगृहकै परिचयपत्र बोकेर हिँड्न पाइने

  • प्रकाशित मिति : बुध, बैशाख १५, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, बैशाख । भोलि बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञामा पत्रकारहरुले आफ्नो  सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समाचार संकलन गर्न आवतजावत गर्न दिइने भएको छ ।  
 
अत्यावश्यक सेवाका रुपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सूचना विभागबाट जारी परिचयपत्रबाहेक पनि सञ्चारगृहबाट जारी परिचयपत्र बोकेमा आवागमनमा रोकटोक नगरिने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । 
प्रमुख अधिकारीका अनुसार ‘निषेधाज्ञाका बेला फिल्डमा खटिने सुरक्षाकर्मीलाई अवगत गराइएको जनाउँदै कामबिना अनावश्यक ओहोरदोहोर नगर्न पनि सुझाव दिएको उनको भनाई छ ।
 
भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले मिडिया हाउसको परिचयपत्र बोकेका सञ्चारकर्मी र कर्मचारीलाई सहज आवागमन गर्न दिन निर्देशन दिएको बताए । उनले फिल्डमा केही समस्या आइपरे जिल्ला प्रशासन कार्यालय र नजिकैको प्रहरी कार्यालयमा समन्वय गर्नसमेत सञ्चारकर्मीलाई अनुरोध गरे ।
 
सोमबार उपत्यकाका तीनवटै प्रशासनले निषेधाज्ञामा सूचना विभागबाट जारी प्रेस पासवाहकलाई आवागमन गर्न दिने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया