भर्खरै

हिल्सामा १०० किलोवाट सोलार मिनीग्रीड शिलान्यास

  • प्रकाशित मिति : बुध, बैशाख १५, २०७८
  • - रासस
title
सिमकोट, १५ वैशाख । फिनल्याण्ड र युरोपेली सङ्घका राजदूतले हिल्सामा सोलार मिनीग्रीडको शिलान्यास गरेका छन् ।  हिल्सामा मिनीग्रीडको निर्माण कम्पनी छनोट भएपछि कोरोना कहरका बेला हुम्ला आएर राजदूतको टोलीले मङ्गलबार शिलान्यास गरेको हो । 
 
लगानी साझेदार देश फिनल्याण्डका राजदूत प्रट्टी एन्टिनेन र इयुका राजदूत नोना डेप्रेले सदरमुकाम सिमकोट हुँदै हिल्सामा पुगेर १०० किलोवाट उत्पादन क्षमताको सोलार मिनीग्रीडको शिलान्यास गरेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले जानकारी दिए । 
 
सो आयोजनाबाट हिल्साको बस्ती विद्युतीकरण हुनाका साथै भुइँचुक प्रशोधन यन्त्र पनि स्थापना हुने छ ।  यस्तै राजदूतको टोलीले सोमबार हेलिकोप्टरमा नाम्खा गाउँपालिका–५ को यारीमा ५० किलोवाटको सोलार मिनीग्रीडको पनि शिलान्यास गरेको छ । उक्त आयोजनाबाट यारीका दुई गाउँ विद्युतीकरणका साथै तेल पेल्ने यन्त्र पनि स्थापना गरी सञ्चालन ल्याइने जनाइएको छ । 
 
उक्त दुवै सोलार मिनीग्रीड आयोजनाका लागि रु सात करोड लागत लाग्ने छ । यसबाट उत्तरी सीमा क्षेत्रका दुवै वस्तीमा पहिलो पटक विद्युतीकरण हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago