भर्खरै

विनाजानकारी पत्रकार महासङ्घको भवनमा डोजर, दोषीमाथि कारवाही नगरिएमा आन्दोलन गर्ने चेतावनी

  • प्रकाशित मिति : बिही, बैशाख १६, २०७८
  • - रासस
title
अमरगढी, १६ वैशाख । नेपाल पत्रकार महासङ्घ डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पु¥याएको छ ।  महासंघलाई सूचनाविना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बलसमेत प्रयोग गरेर भवनमा क्षति पु¥याइएको घटनाप्रति  महासङ्घले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ ।
 
सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रसमेत रहेको उक्त भवनलाई भत्काउने प्रयासपछि महासङ्घका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर विरोध गरेका छन् । 
 
महासङ्घले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीनतले पक्की भवन निर्माण गरिएको र जग्गाको भोगाधिकारसमेत महासङ्घसँग रहेका अवस्थामा प्रचलित कानून विपरीत  भवन भत्काउने कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको ठहर गरेको छ । सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग संवादका लागि पहल गर्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाइएको छ । 
 
डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अञ्जानमा गल्ती भएको भनी जवाफ दिए ।  महासङ्घले जिल्लाका साधारण सदस्यबाट लेवी तोकेर निर्माण गरिएको सो भवनमा पु¥याइएको क्षतिका सन्दर्भमा छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारवाही नगरिएमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago