भर्खरै

विद्युतीय व्यवसायीको मूख्य थलो भोटेबहाल निषेधाज्ञका कारण सुनसान

  • प्रकाशित मिति : बिही, बैशाख १६, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, बैशाख । कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि सरकारले आजदेखि राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको छ । आज बिहानबाट सुरु भएको निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ । मन्त्रिपरिषदको बैशाख १३ गते बसेको बैठकले निर्णय गरे अनुसार उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।
निषेधाज्ञा लागू  भएसँगै विद्युतीय व्यवसायीको मुख्यक्षेत्र भोटेबहाल सुनसान भएका छन् । पसल व्यवसाय पूणरुपमा बन्दभएसँगै विद्युतीय व्यवसाय ठप्प भएको भोटेबहालका एक व्यवसायीले विद्युत संसारलाई बताए । ति व्यवसायीले भने राज्यले महामारीमा निषेधाज्ञा र लकडाउनको अरु विकल्पको रुपमा नदेख्नु आम व्यवसायीको निम्ति घातक बनेको बताए ।
 
नेपाली केबुल उद्योगीहरुको साझा संस्था निमाका महासचिव तथा युनाइडेड केबुलका सिइओ सुवोध खनालले अस्पताल क्षेत्रमा विद्युतको ठूलो भुमिका रहने भन्दै सरकारले विद्युतीय क्षेत्रलाई अत्याआवश्यक क्षेत्रमा सम्बोधन नगरेको प्रति आक्रोश व्यक्त गरे । उनले व्यवसायमा ठूलो असर गरेपनि विद्युतीय क्षेत्रका उद्योगहरुलाई पूर्णरुपमा संचालन गर्न सरकारले सहजिकरण गरिदिनुपर्ने बताए ।
 
निषेधाज्ञा सुरु भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।  
आज बिहानैदेखि निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी चेकिङ बाक्लो बनाइएको छ । काठमाडौं भित्रिने नाकाहरुमा विहानैदेखि कडाई सुरु गरिएको छ ।
 
 बुधबार एकदिन मात्र नेपालमा ४ हजार ७ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छनु । नेपालमा सक्रिय संक्रमित पनि ३० हजार नाघेको छ ।
फेरि निषेधाज्ञा हुने भएपछि मंगलबार र बुधबार लाखौंको संख्याका मानिसहरुले काठमाडौं छाडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago