भर्खरै

सिइडिबी हाइड्रोको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर आज देखी साधारणका लागी खुल्यो

  • प्रकाशित मिति : शुक्र, बैशाख १७, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १७ बैशाख । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार विहानबाट सर्वसाधरणका लागि  छुट्याएको साधारण सेयर निष्कासन गरेको छ ।
 
 कुल ८३ लाख ९४ हजार १ सय कित्ता सेयर जारी भएको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागेको हो । ७० प्रतिशत सेयर संस्थापक समूहको छ। कम्पनीले अंकित मूल्य १ सयमा कुल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गरेको हो।
 
कर्मचारीलाई २ र सामुहिक लगानी कोषहरुलाई ५ प्रतिशत छुट्याएर बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको छ। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटलले जिम्मा लिएको छ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा बैशाख २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । 
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत बैशाख २ गते सेयर निष्कासनको अनुमति पाएको थियो । कम्पनीले २०७४ साल असार २७ गते कम्पनीमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएकोमा बोर्डले आवेदन दिएको झण्डै ४ वर्षपछि साधारण सेयर निष्कासनको अनुमति पाएको हो । 
कम्पनीले अहिलेसम्ममा ८.५८ मेगावाटका जलविद्युत अयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । जसमा १८३ किलोवाटको स्याङ्गे, ४ मेगावाटको खुदी र ४.४ मेगावाटको राधी सिइडिबीको लगानीका आयोजना हुन् ।
यस्तै, कम्पनीको ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी खोला–१, निर्माणाधीन अवस्थामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago