भर्खरै

सिइडिबी हाइड्रोको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर आज देखी साधारणका लागी खुल्यो

  • प्रकाशित मिति : शुक्र, बैशाख १७, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १७ बैशाख । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार विहानबाट सर्वसाधरणका लागि  छुट्याएको साधारण सेयर निष्कासन गरेको छ ।
 
 कुल ८३ लाख ९४ हजार १ सय कित्ता सेयर जारी भएको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागेको हो । ७० प्रतिशत सेयर संस्थापक समूहको छ। कम्पनीले अंकित मूल्य १ सयमा कुल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गरेको हो।
 
कर्मचारीलाई २ र सामुहिक लगानी कोषहरुलाई ५ प्रतिशत छुट्याएर बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको छ। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटलले जिम्मा लिएको छ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा बैशाख २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । 
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत बैशाख २ गते सेयर निष्कासनको अनुमति पाएको थियो । कम्पनीले २०७४ साल असार २७ गते कम्पनीमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएकोमा बोर्डले आवेदन दिएको झण्डै ४ वर्षपछि साधारण सेयर निष्कासनको अनुमति पाएको हो । 
कम्पनीले अहिलेसम्ममा ८.५८ मेगावाटका जलविद्युत अयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । जसमा १८३ किलोवाटको स्याङ्गे, ४ मेगावाटको खुदी र ४.४ मेगावाटको राधी सिइडिबीको लगानीका आयोजना हुन् ।
यस्तै, कम्पनीको ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी खोला–१, निर्माणाधीन अवस्थामा छन् ।

प्रतिक्रिया