चोरीएको विद्युत नियन्त्रण गर्न जाँदा प्राधिकरण कर्मचारी माथि कुटपिट

  • प्रकाशित मिति : शनि, बैशाख १८, २०७८
  • - विद्युत संसार
title

कपिलवस्तु १८ बैशाख। कपिलवस्तुमा ईंट्टा भट्टाले हुकिङ मार्फत चोरी गरेको विद्युत नियन्त्रण गर्न गएका नेपाल विद्युत प्राधिकरणका कार्मचारी माथि कुटपिट भएको छ ।
 
कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नं. ८ पटरपरमा रहेको मनकामना इट्टा भट्टाले चोरी गरेको विद्युत नियन्त्रण गरेर फर्कने क्रममा ईटा भट्टाका मालिक सुशील कुमार शुक्ला,आनन्द शुक्ला र उनका भाइ भतिजा मिलेर ५ जना कर्मचारीमाथि कुटपिट गरेका हो ।
 
चुहावट नियन्त्रणका लागि केन्द्रबाट कौशलराम चौधरी, झपेन्द्र चौधरी, उमेश कुमार साह, सवारी चालक सरोज थारु र मथुरा प्रसाद चौधरी गएका थिए ।
 
उनिहरुमध्य कोशलराम चौधरी, उमेश कुमार साह र सवारी चालक सरोज थारुलाई निर्घात कुटपिट गरिएको वितरण केन्द्र भनाइ छ ।
 
मनकामना ईटा भट्टाको बक्यौता रु. २,१९,२४७ भऐपछि केन्द्रले गत असोज २५ गते लाइन काटेको थियो । तर इट्टा भट्टाले महसुल नतिरेर हुकिङ मार्फत विद्युत चोरी गरी ईंटा भट्टा सञ्चालन गरेको खुलेको थियो । कुटपिटमा संलग्न सशीलकुमार शुक्ला र आनन्द शुक्लालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया