भर्खरै

चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

  • प्रकाशित मिति : शुक्र, बैशाख २४, २०७८
  • - रासस
title
गुल्मी, २४ वैशाख  । गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्युभएको छ भने अन्य आठ  घाइते भएका छन् । मृत्यु हुनेमा मुसिकोट –४ दजाकोटका  १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङले घाइते उनीलाई अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्युभएको हो । 
 
आज बिहान  घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका  ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीय  जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुरसिंह गाहा, ५५ वर्षीया  फटिकला गाहा, ३२ वर्षीय  चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहा घाइते भएका सो कार्यालयका  प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
 
घाइतेहरु मध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा  उपचार भइरहेको छ । उनीहरुको अनुहार लगायत शरीरमा चोट लागेको छ । उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ पर्दा उक्त घटना भएको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago