भर्खरै

भारतीय दूतावासको दुई करोड ६३ लाख सहयोगमा सुधार हुँदै विद्युत् सेवा

  • प्रकाशित मिति : शुक्र, बैशाख २४, २०७८
  • - रासस
title

जुम्ला २४ वैशाख । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।
 
पुनर्निर्माणका लागि दूतावासले रु दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । सो रकमले विद्युतको दुईवटा जेनेरेटर खरीद गरिएको थियो । अहिले विद्युतगृहमा रहेका दुवै जेनेरेटर चलिरहेका छन । विद्युत् पुनर्निर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।
 
संविधानसभा सदस्य ललितजङ्ग शाहीले भारतीय सरकारका तर्फबाट राजदूतावासको माध्यमबाट विद्युत् पुनर्निर्माणमा गरिएको सहयोग उपलब्धिपूर्ण रहेको बताए । उनले भने, “भारत सरकारले यहाँको विद्युत् मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौँका संरचना निर्माण भएका छन् । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो ।”
 
भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले जुम्लामा रहेको विद्युतगृहमा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताए । जुम्लावासीको आग्रहबमोजिम भारत सरकारले विद्युत्मा लगानी गरेर पुनर्निर्माणको काम गरिदिएकामा जिल्लावासी खुशी भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कर्मा बुढाले बताए । तत्कालीन थोरै घरका लागि निर्माण भएको विद्युत् जीर्ण हुदै जाँदा समस्या भएको थियो । अहिले पुनर्निर्माणले थोरै भए पनि राहत मिलेको छ । 
 
सांसद् शाहीको कार्यकालमा एलइडी बल्बको अवधारणा अघि बढ्यो । संसद् विकास कोषको रु २० लाख र साना जलविद्युत् उपभोक्ता समितिको रु पाँच लाखमा प्रतिघर चारवटा बल्ब निःशुल्क बाँडियो । “तर पनि विद्युत् समस्या समाधान हुन सकेन । जुम्लाको विद्युत् समस्या समाधानका लागि धेरै विकल्प अपनाइए तर समाधान हुन सकेन”, साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बढ्थापाले बताए । सदरमुकाम खलङ्गामा मात्रै विद्युतका तीन हजारभन्दा बढी ग्राहक रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 1 hour ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 6 hours ago