भर्खरै

गण्डकी गाउँपालिका ८ मा अक्सिजनसहितको आइसोलेसन बेडको तयारी पूरा

  • प्रकाशित मिति : शुक्र, बैशाख २४, २०७८
  • - विद्युत संसार संवाददाता
title
गोरखा घ्याल्चोक, २४ बैशाख । गण्डकी गाउँपालिका वडा नम्बर ८ मा  ७ वटा अक्सिजनसहितको  आइसोलेसन  बेडको तयारी पूरा भएको छ ।
 
देशभर कोभिड संक्रमणदर बढदै गएकोले यहाँ देखिनु अगावै पूर्व तयारी स्वरुप ७ ओटा अक्सिजनसहितको आइसोलेसन  बेड तयारी पूरा भएको  गण्डकी गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले विद्युत संसारलाई बताए ।
 
कोरोनाको दोस्रो बर्षमा  देखिएको महामारीमा अक्सिजन नपाएर ज्यान गुमाउन परेको समाचारहरु आइरहेका छन , ‘यहाँका स्थानीयले सकेसम्म त्यस्तो अवस्थाको सामना नगरोस भन्ने उद्देश्यसहित अक्सिजन सहितको आइसोलेसन बनाएका  हौं ।’ वडा अध्यक्ष रेग्मीले भने ।
 
उनका अनुसार अक्सिजन खरीदको प्रक्रिया शुरु भइसकेको छ । वडा नम्बर ८ मा हालसम्म कुनै केस नदेखिएपनी गोरखाका अन्य वडा र नजिकको सिमाना धादिङ तथा चितवनमा भने देखिएको छ ।
 
“माक्स, सेनिटाईजर,अक्सिजन सिलिन्डरको अभाब छ । मनकारी दाताको खोजिमा छौ , समस्या हल हुन्छ भन्ने बिस्वास लिएका छौ । असल कामको लागि सक्षम हातहरुको खोजिमा रहेका छौ ”  वडा अध्यक्ष रेग्मीले सामाजिक संजालका पोष्टहरुमा यस्तो अभिव्यक्ति दिनुले वडामा आकास्मिक बजेट यथेष्ट नहुनुको संकेत गर्दछ भने अर्को अर्थमा स्थानि सरकारले गर्नुपर्ने पूर्वतयारीमा रुपमा जुटेको आभास पनि उक्त सामाजिक संञ्जालको पोष्टले झल्काएको देखिन्छ ।
   सामाजिक संजालको पोष्टको आधारमा देशबिदेशमा रहने सामाजिक अभियान्ताहरुले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता आईरहदा वडाध्यक्षले ढिलानगरि आवश्यक तयारी समिति बनाई उर्पयुक्त सहयोग संकलन गरि तयारी अवस्थामा रहन बुद्धिमानी हुनजाने  देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago